• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, Health, Photo » तपाई घुर्नु हुन्छ, चिन्ता नालिनोस, उपचार यस्तो छ ..
तपाई घुर्नु हुन्छ, चिन्ता नालिनोस, उपचार यस्तो छ ..

पुस १४, काठमाडौं, घुर्नु रोग हो । यस रोगका कारण परिवार, समुदाय सबैलाई नकारात्मक असर परिरहेको हुन्छ । संगै सुत्ने परिवारहरुलाई अत्यान्त तनाब दी रहेको हुन्छ, जसको कारण राम्ररी सुत्न नपाएपछी मानसिक तनाब हुने, रक्तचाप बढ्ने, मुटुको रोगि हुने, सधै अनिदो हुने, चिटचिटाहाट बढ्ने हुन्छ, शान्त संग सुत्न नपाएपछी शान्तसंग काम गर्न सकिदैन, तर चिन्ता नालिनोस, अमेरिकान वैज्ञानिकहरुले एउटा जुक्ति पत्ता लगाएका छन । त्यसका लागि न सल्यक्रिया गर्नुपर्छ, न कुनै औषधि सेवन नै । तपाईं आफैंले सामान्य सावधानी अपनाएको भरमा घुर्न छोड्नुहुन्छ ।

हालै गरिएको एक अनुसन्धानले घुर्ने समस्याबाट मुक्ति पाउने जुक्ति निकालेको हो । अनुसन्धानमा संलग्न चिकित्सकहरुकाअनुसार मुख र जिब्रोको सामान्य व्यायामले यो समस्याबाट छुटकारा पाउन सकिन्छ । अनुसन्धानमुलक पत्रिका ‘चेष्ट’मा प्रकाशित रिपोर्टअनुसार यसप्रकारको व्यायामले ३६ प्रतिशतमा घुर्ने समस्याबाट पूर्ण मुक्ति मिल्छ भने ५९ प्रतिशतको घुर्दा निस्किने आवाजमा निकै कमी आउँछ । बाँकीमा असर नदेखिन सक्छ । अमेरिकाको युनिभर्सिटी अफ केन्टुकी कलेज अफ मेडिसिनमा स्लिप ल्याबोरेटरीका चिकित्सा निर्देशक बारबारा फिलीपले भने, ‘घुर्ने समस्यासँग जुझिरहेका करौडौं मानिसहरुको लागि यो अध्ययनको निष्कर्ष निकै नै उपयोगी हुनेछ । विनासर्जरी सामान्य व्यायामको भरमा यस्तो समस्याबाट मुक्ति पाउन सकिन्छ ।’

यसरी गर्नुहोस् व्यायाम

घुर्ने समस्याबाट पीडित हुनुहुन्छ भने आफ्नो जिब्रोलाई माथिल्लो पट्टी तालुतिर घुमाउनुस्, फेरि यथास्थानमा ल्याउनुस् । यो प्रक्रिया बारम्बार दोहोर्याउनुस् । अब जिब्रोको टुप्पोलाई मुनीतिर (तल्लोपट्टीको दाँतको भित्री भागमा) घुमाउनुहोस् र जिब्रोको पछिल्लो भागलाई तालुतिर उठाउनुहोस्, अनि ठूलो स्वरमा ‘ए’ उच्चारण गर्दै तालु तथा युभ्युला (मुखको अन्तिम र घाँटीको माथिल्लो भागमा रहेको त्यान्द्रो) लाई माथि उठाउनुहोस् । यो प्रकियालाई पनि दोहोर्याएर गर्नुस् । दैनिक यसप्रकारको व्यायाम गर्दा ३६ प्रतिशतमा घुर्ने समस्या पूर्णरुपमा निधान हुन्छ ।

५९ प्रतिशतको घुर्दा निस्किने आवाज विस्तारै कम हुँदै जाने रिपोर्टमा दावी गरिएको छ । घुर्ने समस्यामा रहेका ३९ जना मानिसमा यो अध्ययन गरिएको थियो । यसको निकै नै प्रभावकारी असर देखियो । केहीले पूर्णरुपमा घुर्न छाडे भने केहीको आवाज विस्तारै कम हुँदैगयो । ब्राजिल युनिभर्सिटी अफ साओपाउलोमा मुख्य लेखक जेराल्ड लरेन्जी-फिल्होले भने, ‘हाम्रो अध्ययन समूहमा यो व्यायामले घुर्ने समस्याबाट मुक्ति पाउन निकै सहयोग मिल्यो ।’

Labels: Articles, Health, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State