जिल्ला प्रशासन कार्यालय पाँचथरमा अख्तियारको छापा
पाँचथर, पौष १४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय धनकुटाले जिल्ला प्रशासन कार्यालय पाँचथरमा आज दिउँसो छापा मारेको छ । केहि दिन अघि राहादानी सिफारिसका लागि पाँचथर रानीटारका अन्जित दर्जीबाट प्रशासनका कर्मचारी सुरेन्द्र दाहालले १० हजार रुपैया लिएर ५ हजार रुपैयाको रसिद दिएपछि अख्तियारले कार्यालयमा छापा मारेको हो ।
कार्यालयले एक वर्षको कार्यालयको सवै कागजतहरु हेरिरहको र आवश्यक कागजतहरु लगेको प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले जानकारी दिनुभयो । यसैविच कार्यालयका कर्मचारी सुरेन्द्र दाहालले भने टोलीले स्पष्टीकरण मागेकोले लिखित स्पष्टीकरण आफूले दिएको वताउनुभयो ।
अख्तियारले अहिले पनि अनुसन्धान गरिरहेको वताइएको छ । यद्दपि अख्तियारको टोलीले भने संचारकर्मीलाई केही जानकारी दिन चाहेन् । कार्यालयका कर्मचारी दाहालले मलेसिया बाट अवैधानिक भएर फर्किएका दर्जीलाई राहादानी बनाउन भन्दै १० हजार रुपैया लिएर ५ हजार रुपैयाको मात्रै रसिद दिएका थिए । त्यसपछि स्थानियले भने यसअघि पनि कार्यालयले बदमासी गरेको हुन सक्ने भन्दै अख्तियार गुहारेका थिए ।


0 comments
Write Down Your Responses