सोह्रौ एभरेस्ट वोर्ल्ड हाइयस्ट म्याराथन २०१५ को उपाधि नेपाल आर्मीका भिम गुरुङ लाई l
गुरुङले .३ घण्टा ४२ मिनेटमा सोह्रौ एभरेस्ट वोर्ल्ड हाइयस्ट म्याराथन २०१५ को उपाधि नेपा ल आर्मीका भिम गुरुङ लाई l टको समयमा ४२ कि.मि. निर्धारित दुरी पार गर्दै उपाधि चुमेका थिए l गुरुङ तेन्जिङ हिलारी एभरेस्ट म्याराथन २०१५, र एभरेस्ट ट्रयल म्याराथन २०१५ को बिजेता पनि हुन l सोलुखुम्बु फोर्चेका पासाङ शेर्पाले ३.५३ मिनेट समयमा ४२ किलो मिटर दुरी पार गर्दै दोश्रो बने l त्यसै गरि ३ घण्टा ५६ मिनेट समयमा ४२ कि. मि. पार गर्दै गुदेल सोलुखुम्बु का सुदिप राई तेस्रो बने l नेपाल आर्मीका सुरेन्द्र बस्नेतले ४ घन्टामा निर्थरित दुरी ४० कि. मि. पार गर्दै चौथो बने l
महिला तर्फा भोजपुरकि राष्ट्रिय खेलाडी मिरा राई ले ५ घण्टा २७ मिनेट ४९ सेकेन्ड समयमा ४२ कि.मि. निर्धारित दुरी पार गर्दै प्रथम उपाधि चुमेका थिए l गुदेल सोलुखुम्बुकि कविता राई ५ घण्टा २७ मिनेट ५३ सेकेन्ड समयमा ४२ किलो मिटर दुरी पार गर्दै दोश्रो बनिन l त्यसै गरिसोलुखुम्बु थामेकि आङ दामी शेर्पा ६ घण्टा ५८ मिनेट समयमा ४२ कि. मि. पार गर्दै तेस्रो बनेl
बिदेशी तर्फा डेन्मार्कका सिमोन ग्रीम्सटुरपले ४ घण्टा ५३ मिनेट समयमा निर्धारित दुरी पार गर्दै पहिलो बनेका थिए l यु. के. का जिमी रुबदरफोर्डले ५ घण्टा ९ मिनेट समयमा निर्धारित दुरी पार गर्दै दोस्रो बने त्यसै गरि बेल्जियमका गिल बेर्टले ५ घण्टा ३४ मिनेट समयमा निर्धारित दुरी पार गर्दै तेस्रो बने l
जिल्लाको दिङबोचे, पाङबोचे, तेङबोचे, क्याङजोमा, चौर क्याम्प, ठमो हुदै नाम्चे बजार स्थित होटल शेर्पा ल्याण्डको प्रांगणमा आइ सम्पन्न भएको आयोजक टिम सोह्रौ एभरेस्ट वोर्ल्ड हाइयस्ट म्याराथन यु.के. र माउटेन एस्पेरीएन्स ट्रेक्किंग एण्ड एक्सपीडिसन प्रा.लि. का प्रमुख डायना पेनीले बताउनु भयो l यस म्याराथन प्रत्येक २ बर्षको अन्तरमा हुने गर्दछ l सदा झैँ खुम्बु क्षेत्रमा पर्यटन प्रबर्द्धनलाइ जोड दिदै यस वर्ष पनि सोह्रौ एभरेस्ट वोर्ल्ड हाइयस्ट म्याराथन आयोजना गरिएको हो l यस वर्षको रेसमा नेपालि र बिदेशी गरि जम्मा ४९ जना सहभागी गराइएको र आजको यस रेसमा कुनै अप्रिय घटना नघटेको अनि कुशलता पुर्बक सम्पन्न भएको पेनीले जानकारी दिनु भयो l


0 comments
Write Down Your Responses