• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
» लापरवाही र अज्ञानताले गर्भपतन बढ्दो
लापरवाही र अज्ञानताले गर्भपतन बढ्दो

काठमाडौं- सरकारले गर्भपतनसम्बन्धी कानुन खुकुलो पारेपछि राजधानीका अस्पतालमा गर्भ पतन गराउनेको संख्या बढेको छ। राजधानीका विभिन्न अस्पतालमा गर्भ पतनका लागि जाने महिलाको संख्याले गर्भ पतन गराउनेको संख्या बढेको देखिएको हो।
काठमाडौं थापाथली सुकुम्बासी बस्तीकी ३० वर्षीया बिना राई (नाम परिवर्तन) तीन महिनाको गर्भ पतनका लागि अस्पताल पुगेकी हुन्। तीन जना सन्तानकी आमा उनले भनिन्, 'पिल्स खान्थें, सकियो। एक/दुई साता के होला र भनेर नखाको गर्भ बस्यो।' मजदुरी गरी जीविका चलाउने बिनादम्पत्तिलाई परिवार नियोजनका साधनबारे थाहा भए पनि प्रयोग गर्ने सही तरिका थाहा छैन।

टोखाकी २४ वर्षीया रोशनी महर्जन (नामथर परिवर्तन) को पनि काखे नानी हुँदाहुँदै गर्भवती भएपछि गर्भपतन गराइन्। तीनमहिने सुई डिपोप्रोभेरा लगाउने मेसो नमिलेपछि आफू गर्भवती भएको उनले बताइन्।

चण्डोलबाट सुनिता शर्मा (नामथर परिवर्तन) र कीर्तिपुरकी जमुना श्रेष्ठ (नामथर परिवर्तन) पनि गर्भपतनकै लागि एक साताअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको गर्भपतन विभागमा आए। सुनिताले प्राकृतिक विधि अपनाउँदा गर्भ रहेको र जमुनाले पिल्स खान बिर्संदा गर्भवती भएको बताइन्।

यसरी अनिच्छित गर्भपतनका लागि अस्पताल जाने अधिकांश परिवार नियोजनका अस्थायी साधन प्रयोगमा असावधानी, प्रयोग विधि नजानेर र लापरवाहीका कारण गर्भवती बन्ने गरेको पाइएको छ। शिक्षण अस्पतालको परिवार नियोजन विभागका अनुसार मासिक ३० जना झुक्किएर गर्भ बसेको भन्दै गर्भपतनका लागि आउँछन्।

यसरी गर्भपतन गराउनेको संख्या अहिले सबैभन्दा बढी थापाथलीस्थित प्रसूति गृहमा भए पनि तीन वर्षयता गर्भपतन गराउनेको संख्या ३० प्रतिशतले घटेको छ। गृहको सुरक्षित गर्भपतन विभागका अनुसार अहिले महिनामा १ सय ५० देखि १ सय ८० जना गर्भपतनका लागि आउँछन्। विभागको तथ्यांकअनुसार गत असारमा १ सय ६५ जना र साउनमा १ सय ८० जनाले गर्भपतन गराएका थिए। तीन वर्षअघि यो संख्या दुई सयभन्दा बढी थियो ।

विभागका अनुसार परिवार नियोजनका साधनको प्रयोग समय नमिलेर, विधि नजानेर, प्राकृतिक विधिको भर पर्नेलगायत नवविवाहित गर्भपतन गराउन बढी आउनेमा पर्छन्। शिक्षण अस्पतालकी सानु कार्की भन्छिन्, 'शिक्षित प्राकृतिक विधिको तालिकामा झुक्किन्छन् भने निरक्षर साधन प्रयोगमै झुक्किन्छन्।'

स्वास्थ्यकर्मीका अनुसार औषधी सेवनबाट गरिने गर्भपतन र सर्जिकल गर्भपतन दुवै महिला स्वास्थ्यका लागि जोखिमपूर्ण छन्। अनिच्छित गर्भ रोक्न सरकारले सन् २००२ मा गर्भपतनलाई कानुनी मान्यता दिएको थियो। अनिच्छित गर्भका हकमा १२ हप्तासम्म गर्भपतन गर्न पाउने व्यवस्था छ।

गर्भपतन गराउँदा एकैपटक सफा नहुने, धेरै रक्तश्राव हुने, बाँझोपना हुने, कमजोर हुने, पाठेघरको संक्रमण हुने, एकैपटक सफा नहुने, कमजोरी हुने, रक्तश्राव हुने र पाठेघरमा प्वाल पर्नसक्ने जस्ता जोखिम हुन्छन्।

Labels:

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State