• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, international news, News » आममाफीका कारण कुवेतबाट अवैधानिक कामदार सजिलै फर्कन पाउने
आममाफीका कारण कुवेतबाट अवैधानिक कामदार सजिलै फर्कन पाउने

माघ ११, कुवेत । कुवेत सरकारले हालै यहाँ कार्यरत अबैधानिक कामदारलाई आममाफीको अबसर घोषणा गरेको छ । तर, यस्तो अबसरलाई कसरी सदुपयोग गर्ने भनेर धेरै नेपाली कामदार भन्ने अन्यौल रहेको देखिन्छ । यही अन्यौल चिर्न हालै कुवेतस्थित नेपाली दूतावासले आममाफी प्रकृया अपनाएर स्वदेश फर्किने वा यहीँ रहेर वैधानिक हैसियत प्राप्त गर्ने प्रकृयाबारे जानकारी गराएको छ । 

दूतावासले एक सूचना जारी गर्दै गैरकानूनी भएका कामदार जरिवाना तिरेर स्वदेश र्फकन वा भिसा लगाएर कवेतमै बस्ने प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ । कम्पनी वा रोजगारदाताको घरबाट भागेको उजुरी परेका वा आपराधिक गतिविधिमा संलग्नले भने स्वदेश फिर्ताको प्रक्रिया अघि बढाउन नसक्ने दूतावासले जनाएको छ । 

अन्यले भने आ-आफनो पासपोर्ट वा दूतावासबाट जारी गरिएका यात्रा अनुमति-पत्रसहित कुवेतका ६ वटै गभर्नरेटका आफुलाई पायक पर्ने भिसा कार्यालयमा जरिवाना तिरेर स्वदेश र्फकन सकिने सूचनामा उल्लेख छ । भिसा कार्यालयमा गएर फिङ्गरपि्रन्ट गराएर प्रक्रिया पुरा गरी स्वदेश र्फकन सकिने छ ।यसका लागि पुरानो रोजगारदाताको अनुमतिपत्र आवश्यक नपर्ने दूतावासले जनाएको छ । तर, भिसा लगाएर कुवेतमै बस्न चाहानेले पुरानो रोजगारदाताबाट अनुमतिपत्र लिएर नयाँ रोजगारदातामार्फत भिसा लगाउन सक्नेछन् ।

Labels: BreakingNews, international news, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State