• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, News, Politics » मदेशमा बेग्लै ससस्त्र सेनाको ब्यापक तयारी गर्दै सिके राउतभिडियो सहित
मदेशमा बेग्लै ससस्त्र सेनाको ब्यापक तयारी गर्दै सिके राउतभिडियो सहित

माघ ११, सुनसरी । राष्ट्रिय अखण्डता बिरुद्ध सार्वजनीक स्थानहरुमा गैर अभिब्याक्ती दिदै चर्चामा आएका मधेसका अभियन्ता डा सिके राउत पछिल्लो समय सुनसरी क्षेत्रमा सशस्त्र गतिविधीमा संलग्न रहेको पाइएको छ । तराइ मधेसमा बिभिन्न समयमा भुमिगत रहेर आन्दोलन तथा सशस्त्र गतिविधी मचाउदै आइरहेका समुहसंग मिलेर मधेसका अभियन्ता डा सिके राउतले सुनसरीको दक्षिण्ीवर्ती गाविशहरुमा अभियान चलाइरहेको पाइएको हो । 

पृथकवादी आन्दोलनको नेतृत्व समेत गर्दै आइरहेका डा राउतले पछिल्लो समय मधेसमा जनमिलिसिया सेना गठनको तयारीमा जुटेको र त्यस्कालागी सुनसरीको दक्षिणीवर्ती गाविसहरुबाट अभियाननै सञ्चालन गर्ने गरेको सुनसरीका मधेसवादी दलहरुले बताएका छन । मासिक १० हजार पारीश्रामिक दिने प्रलोभनमा डा राउतले दक्षिणी क्षेत्रका युवाहरुलाई आफनो सेनामा समावेस गराउन निर्वाध गतिविधी थालेको र तराइका सशस्त्र समुहहरुसंग सामुहीक एकता गरीसकेका मधेसवादीदलहरुले बताएका छन । 

डा राउतले तराइमा राजेन्द्र प्रतापले गठन गरेको मधेसी मुक्ती टाइर्गस , जय किसन गोइतले नेतृत्व गरेको अखिल तराई मुक्ती मोर्चा र नागराजले नेतृत्व गरेको तराइ कोब्रा पार्टीसंग २ महिना अघीनै सामुहीक एकता गरीसकेका छन । सुनसरीको इनरुवामा एक कार्यक्रमको आयोजना गरी सो समुहबिच डा राउतले सामुहीक एकता गरेका थिए । मधेसमा जारी आन्दोलनको क्रममा युवाहरु भडकिदै गएको मौकाको फाइदा उठाउदै डा राउतले सुनसरीको दक्षिणी गाविसहरुबाट हाल सम्म १सय बढी सेना गठनकालागि युवाहरु चुनिसकेको श्रोतले जनाएको छ । 

श्रोतका अनुसार डा राउतले सेना गठनसंगै मधेसमा छिट्टै अर्को बिद्रोहको संकेत देखाउन थालेको पाइन्छ । मधेसमा छुट्टै सेना गठन गर्न सुनसरीबाट पनि केही राजनीतिकदलका युवाहरु लागि परेको पाइएको छ । राजेन्द्र महतोले नेतृत्व गरेको सदभावना पार्टीका जिल्ला स्तरीय नेताहरु डा राउतलाई सघाउन र उनकालागि युवाहरुलाई सेना बन्नुपर्छ भन्दै उक्साउने कार्यमा लागेको देखिन्छ । 

यतिमात्र नभई सुनसरीको दक्षिणी भेगका युवाहरुको मुखमा यतिबेला सेनाकै मात्र र्चा हुने गरेको प्रत्यक्ष पाइएको छ । आन्दोलनको क्रममा आक्रोसित बनेका युवाहरुलाई आफनो पक्षमा पारी डा राउतले सेना गठनका लागि उक्साउने गरेका छन । उनले मधेसमा सेना गठन गरीहाल्ने अवस्था नभएको तर गठनको तयारीमा रहेको सुनसरीमा रहेका मधेसवादीदलहरुले बताउदै आएका छन ।
पुर्बेलीखबर 
डा सिके राउतको महत्वपूर्ण भासन अन्यको लागि तल क्लिक गर्नुहोस>>

Labels: BreakingNews, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State