• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, Health, News » भारतमा जन्मियो टाउको नभएको शिशु० भिडियो हेर्नुहोस
भारतमा जन्मियो टाउको नभएको शिशु० भिडियो हेर्नुहोस

माघ १३, एजेन्सी । भारतमा एक बालिका टाउको नभएको अवस्थामा जन्मिएकी छिन् । उत्तर प्रदेशको अमरोह जिल्लाकी ३२ वर्षीय सविता रानीले यसै साता यस्तो अनौठो बच्चाको जन्म दिएकी हुन् । रानीले बिना कुनै शल्यक्रिया स्वभाविक ढंगले सो शिशु जन्माएकी हुन । बालिका जन्मेसँगै उनको अस्वभाविक अनुहारलाई लिएर सहरभरी चर्चाको पात्र बनेकी छिन् । 

अनौठो शिशु जन्मेको थाहा पाएपछि साई नर्सिङ होम क्लिनिकमा मानिसहरुको भीड लागेको थियो । तर जन्मेको दुई दिनपछि ती बालिकाको मुटुले काम गर्न छोडेको र उनको मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ । ‘गर्भवती महिलाको गलत र अनियमित खाने बानीले यस्ता जटिलता उत्पन्न हुन्छन,’ साई नर्सिङ होमकी गाइनोलोजिष्ट डा कुसुम लताले बताए । 

‘त्यही भएर गर्भवती महिलालाई निरन्तर अस्पतालमा परीक्षण गर्न जोड दिन्छौ ताकी उनीहरुको अवस्थाबारे हामीले राम्रो जानाकारी राख्न सक्नेछौ र यस्ता असामान्य जन्मको अन्त्य हुनेछ, ’ डा. लताले थपे । ती बालिकाको आँखाहरु यति ठूला थिए की जन्मदै ढकनी खुलेका थिए र उनको टाउको उचित ढंगले बनेकै थिएन् । उनमा अन्य शिशुको जस्तै सामान्य गतिविधि नदेखिएको र हलचल नगरेको डेली मेलले जनाएको छ । त्यस्तो अवस्थामा आमालाई केही नहुनु र शिशु ९ महिनासम्म बाँच्नु नै चमत्कार भएको डा लताले बताए । यसअघि तीन सन्तानको स्वस्थ आमा रहेकी ती महिलालाई बच्चा जन्माउन अत्यधिक गाहो भएको र सुत्केरी हुने क्रममा अत्यधिक रगत बगेको बताइएको छ । कोखमा बालिकाको दिमाग राम्रोसँग बनिनसकेको तर मुटुमा केही समस्या नभएकोले ९ महिनासम्म बाँचेको चिकित्सकले बताए । अहिले ती महिलालाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको र उनको अवस्था भने सामान्य रहेको प्राप्त समाचारमा जनाइएको छ ।

भारतमा जन्मियो टाउको नभएको शिशुको भिडियो हेर्नुहोस तल क्लिक गर्नुहोस 

Labels: Articles, Health, News

1 comments

Unknown
27 January 2016 at 00:46

omg

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State