• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, Health » टाउकोको समस्या, एपेन्डिसाइटिसको अप्रेसन
टाउकोको समस्या, एपेन्डिसाइटिसको अप्रेसन

रेणुका खड्का, नर्स माघ १३, काठमाडौं । केही दिनअघि एक दैनिक पत्रिकामा प्रकाशित समाचारले मेरो ध्यान आकर्षित ग¥यो । एकजना बिरामी उपचारका क्रममा नेपालका विभिन्न अस्पताल भौतारिए । नेपालमा रोग पत्ता नलागेपछि दिल्ली गए । त्यहाँ भने सहजै रोग पत्ता लागेछ । कतिपय रोग नेपालमा पत्ता नलाग्न पनि सक्छन् तर कतिपय अवस्थामा डाक्टरहरुले खेलबाड गर्दा पनि यो अवस्था आउने गरेको छ । एउटा घटना मैले पनि नजिकबाट नियाल्ने मौका पाएकी थिएँ । 

एक १३ बर्षको बालकले राती एक्कासी बान्ता गर्नुका साथै असमान्य व्यवहार देखाएपछि अस्पताल पु¥याइयो । नाम चलेको अस्पतालमध्ये गनिने उक्त अस्पतालको इमरजेन्सीमा भर्ना गरियो । डाक्टरले सम्पूर्ण जाँच गराए र एपेन्डीसाइटिस भनेर सर्जरीका डाक्टरलाई कल लखेपछि एडल्टको इमरजेन्सी वार्डमा सारियो । बच्चा भने अचेत अवस्थामै भएको देखेर परिवार आत्तिदै थिए । डाक्टरहरू भने बच्चाको एक्कयूट एपेन्डीसाइटिसको उपचार गराउनमै ब्यस्त थिए । पछी बच्चाको होस् आयो र फेरि युएसजी गराउन लगियो । तर, रिपोर्ट फेरि पनी नर्मल नै आयो । अरू रिपोटहरू पनि नर्मल नै आए । 

तर, रगतमा डब्लूबिसीको मात्रा चाहिँ बढी देखियो । डाक्टरहरूले एक्यूट एपेन्डिसाटिस नै भएको ठहर्याइ बच्चालाई ओरल मेडिकेसनमा भोलिपल्ट दिउसो ११ बजेतिर घर पठाउनु भयो । अस्पतालमा रहँदा परिवारका सदस्यले भनेका थिए, ‘मेरो बच्चालाई एपेन्डिसाइटीस होइन डाक्टर साहेब बरू टाउकाको बिमार भयोकि ? यसले त बान्ता गर्ने, हातखुट्टा बांगिनुका साथै अचेत अवस्थामा फुटबल खेल्न जान्छु भनेर जिद्दी गरेको थियो ।’ प्यारेन्ट्सले हिस्ट्री सुनाउँदा उल्टै ‘तपाई डाक्टर कि म’ भनरे चुप लगाए । 

‘हामीलाई आफ्नो तरिकाले जाँच गर्न दिनुस् यहाँ बच्चाको एपेन्डिसाटिसको ईमर्जेन्सी अप्रेशन गर्नुपर्ने हुनसक्छ नत्र किचकिच नगरी आफ्नो बिरामी लैजान सक्नुहुन्छ’सम्म भनियो । बिरामी बच्चालाई घर लिएको दुईघन्टा पछि फेरि उही समस्या दोहोरिएछ । बच्चाको हातखुट्टा र मुख बाउँडियो । सम्हालेर सम्हाली नसक्नु भएपछि फेरि एम्बुलेन्स बोलाएर सिलीगुडी लगियो । बाटोमा बच्चाले मुखबाट फिंज काड्न थालेको देखेर आमा बेहोस नै भइन् । सिलीगुडीको अस्पतालमा आईसियूमा राखेर उपचार थालियो । 

टाउकाको सिटीस्क्यान गरेपछि थाहा भयो बच्चाको दिमागमा जुकाले अन्डा पारेछ । अन्डा पनि फुटेको रहेछ । सही समयमा उपचार नभएको भए बच्चालाई प्यारालाइसि हुनसक्ने अथवा ज्यानै समेत जान सक्ने कुरा त्यहाँका डाक्टरले बताए । पहिले उपचार गराएको अस्पतालदेखि ती बालकका अभिभावक रिसाए कि मुद्दा नै हाल्ने मनस्थितिमा पुगे । लगभग ५ दिन पछी बच्चालाई न्युरोसिस्टोसर्को्सिसको उपचार गरी नर्मल अवस्थामा औषधी दिएर घर पठाइयो । यो हाम्रो देशको उपचार पद्दतिको एउटा दृष्य हो । 

उपचारमा डाक्टरले लापरबाही गर्ने गरेको यस्ता घटना दिनदिनै दोहोरिन्छन् । डाक्टरले सही उपचार पद्दति नअपनाउँदा दिनहुँ कतिको ज्यान गइरहेको होला । सबै डाक्टर त्यस्तै नहोलान् तर त्यस्ता डाक्टरलाई उक्त क्रियाकलाप भविष्य नदोहोर्याउने बनाउन पनि सकिएको छ्रैन । यसले नेपालको चिकित्सा क्षेत्रको साख दिनप्रतिदिन घटाइरहेको छ । यस्तो भएपछि बिरामीले कसरी डाक्टर र अस्पताललाई विश्वास गर्ने ? बिरामीले डाक्टरलाई भगवान ठान्छन् । तर, डाक्टरले बिरामीमाथि यसरी खेलबाड गर्छन् । अस्पतालहरु बढिरहेका छन् । डाक्टरहरु बढिरहेका छन् तर सेवाको गुणस्तर किन बढिरहेको छैन ? स्वास्थ्य सेवाको व्यापारिकरणले बिरामीहरु बस्तु जस्तै भएका छन् । यो अवस्थाबाट मुक्ति कसरी पाइन्छ ?
स्वास्थ्य खबर 

Labels: Articles, Health

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State