• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, News » विश्वमा धेरै प्रयोग हुने पासवर्ड कुन ?
विश्वमा धेरै प्रयोग हुने पासवर्ड कुन ?

माघ ६ – विश्वका धेरै इन्टरनेट प्रयोगकर्ताको पासवर्ड अझै पनि सजिलै पत्तालगाउन सकिने खालको रहेको एक अध्ययनले देखाएको छ । 
अनलाइन सेक्युरेटी फर्म स्पाल्सडाटाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्व धेरै इन्टरनेट प्रयोगकर्ताले अझै पनि सजिलै अनुमान लगाउन सकिने खालको पासवर्ड प्रयोग गर्ने गरेको उल्लेख छ । 

विश्वका धेरै इन्टरनेट प्रयोगकर्ताले प्रयोग गर्ने पासवर्ड १२३४५६ रहेको प्रतिवेदनमा उल्लेख छ । यो सन् २०११ देखि सबैभन्दा बढी प्रयोग हुने पासवर्डको रुपमा रहेको स्पाल्सडाटाले जनाएको छ । सन् २०१५ मा लिक भएका २० लाख भन्दा धेरै पासवर्डको अध्ययनबाट यस्तो देखिएको हो । आफ्नो इमेल तथा अरु इन्टरनेट सञ्जाल ह्याक हुनबाट जोगाउन सजिलै पत्ता लाग्ने खालको पासवर्ड प्रयोग गर्न नहुने भएपनि धेरैले यस्तै खालको पासवर्ड प्रयोग गर्ने गरेका छन् । 

विश्वमै धेरै प्रयोग हुने पासवर्डमा १२३४५६७८, क्युडब्लुइआरटिवाई, १२३४५ र १२३४५६७८९ रहेको प्रतिवेदनमा उल्लेख छ । सजिलै पत्तालाग्ने खालको पासवर्ड प्रयोग गर्दा अनलाइनबाट आफ्नो सामग्री चोरी तथा ह्याक हुनसक्ने खतरा हुने भएकाले सकेसम्म अरुले थाहा पाउन नसक्ने पासवर्ड राख्नु पर्ने विज्ञले बताएका छन् । – एजेन्सीको सहयोगमा

Labels: Articles, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State