• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News » बोक्सि लागेको भन्दै झाँक्रीले ​१४ महिने बच्चालाई तातो फाली र ढुंगाले डामे
बोक्सि लागेको भन्दै झाँक्रीले ​१४ महिने बच्चालाई तातो फाली र ढुंगाले डामे

तातो फलामले दामे पछी भएको बच्चाको घाउ 
पाँचथर, माघ ६ – पाँचथर फाक्लुङका एक १४ महिनाको बालकलाई बोक्सि लागको भन्दै झाँक्रीले फाली र ढुंगा तताएर डामिदिएका छन् । धनबहादुर राईका १४ महिनाका बालक दिपसन राईलाई झाँक्रीले उपचार गर्ने क्रममा डामिदिँदा शरीरको पछाडी जलेको छ । झाडा पाखाल लागेर विरामी भएका बच्चालाई विझुवा लागेको भन्दै पिठ्युमा डाबिदिएका थिए । विझुवाले डामेपछि घाइते भएर सिकिस्त बच्चालाई डामेको १२ दिन भइसक्दा पनि उपचारका लागि लगिएको छैन । 

झाडापखालाले सिकिस्त भएका बच्चालाई डामेपछि निको हुन्छ भन्दै झाँक्रीले डामेपछि बच्चाको स्थिति झनै बिग्रीएको छ । डामेपछि बच्चालाई सन्चो हुन्छ भनेर दुईजना झाँक्रीले बताएपछि बच्चालाई तताएर राखिएको ढुंगामा राखिएको र फाली तताएर डामेको आमा उर्मिला राईले बताउनुभयो । बच्चाको शरिरको पछिल्लो भागमा डडेर घाउ भएको छ । उपचार नहुँदा घाउ पाक्न थालेको छ । 

कडा बोक्सि लागेकाले डामेर मात्र निको हुने भनेपछि यस्तो घटना भएको स्थानीय बासिनदाले बताएका छन् । मंगलवार वडा नागरिक मञ्चको बैठकमा कुरा उठेपछि मात्रै घटना सार्वजनिक भएको हो । बच्चाको घाउ गम्भीर किमिसको छ । वडा नागरिक मञ्चका अध्यक्ष इन्द्रबहादुर राईका अनुसार बच्चाको घाउ जटिल बन्दै गएको छ । ढिलो गरी थाहा पाइएकाले अब उपचार गर्नेबारे परिवारसँग सल्लाह भइरहेको उहाँले जानकारी दिनुभयो ।
-उज्यालो 

Labels: Articles, BreakingNews, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State