• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News, Politics » नाकाबन्दि किन ? भन्दा गृहमन्त्रीको बोलि पुरै बन्द
नाकाबन्दि किन ? भन्दा गृहमन्त्रीको बोलि पुरै बन्द

माघ १४, धरान । धरानमा आयोजित एक कार्यक्रममा सहभागी गृहमन्त्री शक्ती बस्नेत समक्ष पूर्वाञ्चलका उद्योगी व्यवसायीहरुले व्यवसायिक क्षेत्रमा देखिएका र प्रत्यक्ष सामना गर्दै अाएका समस्याका विषयमा गुनासाेकाे चाङ अङि सारेका छन । सुनसरी उद्योग वाणिज्य संघ र पूर्वाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा ‘ देशको वर्तमान अवस्था र औद्योगिक एवम् व्यवसायिक सुरक्षा’ विषयक अन्तरक्रियामा सहभागी गृहमन्त्री शक्ति बस्नेतसमक्ष व्यवसायीहरुले समस्या् थोपर्दै समाधानको लागि पहल गर्न आग्रह समेत गरेका छन । 

नेपालमा जारी लोकतान्त्रिक संविधानपश्चात निरन्तर रुपमा भारतले गरेको नाकाबन्दी र मधेशी मोर्चाले मधेश केन्द्रित आन्दोलनका कारण भोग्नुपरेको समस्या समाधानका विषयमा व्यवसायी उद्योगीहरुले खुलेरै जिज्ञासा राखे । यो अवधिमा भएका कालाबजारी, व्यापारिक असुरक्षा, व्यवसायीमाथि भएको राजनीतिक हस्तक्षेप र राज्यले निजी क्षेत्रलाई गरेको उपेक्षाका विषयमा राज्य गम्भी नभएको भन्दै निजी क्षेत्रलाई प्रोत्साहन नभएसम्म नेपालका आर्थिक विकास नहुने ठोकुवा समेत गरे । 

कार्यक्रममा पूर्वाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष टंक दुलालले राज्यले नीजि क्षेत्रलाई उपेक्षित गरेकै कारण उद्योग, व्यापार व्यावसाय दिनप्रतिदिन धरासाय बन्दै गएकोमात्र हैन देश अद्योगतितर्फ उन्मुख भएको धारणा राख्नुभयो। आफूहरुले समस्या समाधानका लागि सबै पक्षसंग सहकार्य गरे अगाडि बढ्न खोजे पनि त्यो सम्भव नभएका बताउनुभयो । 

मधेश बन्दको विकल्प खाज्नुपर्ने अवस्था आइसकेको उहाको भनाई छ । नाकाबन्दी र मधेश बन्दको बहानामा कालो बजारीहरुले कमाउ धन्दालाई सुचारु गरेको प्रति सरकार गम्भीर नभएको भन्दै इन्धनकै अभाव र औद्यागिक असुरक्षाका कारण व्यवसायीहरुले व्यवसाय नै छाड्नुपर्ने अवस्था आइसकेको मेची उद्योग वाणिज्य संघका अध्यक्ष उमेश डालमियाले बताउनुभयो । कार्यक्रममा पूर्वाञ्चल क्षेत्रीय प्रशासक महेन्द्रमान गुरुङ, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, पूर्वाञ्चल सुरक्षा प्रमुख माधव जोशी, सुनसरी प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
पुर्बेलीखबर 

Labels: Articles, BreakingNews, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State