चीनमा मात्र क्यान्सरबाट दैनिक मृत्यु हुनेको संख्या ७ हजार ५००-के कारणले हुन्छ त?
माघ १४, मियामी (चीन) । दिर्घकालीन सङ्क्रमण, धूमपान तथा बढ्दो वायु प्रदूषणका कारण चीनमा क्यान्सर रोगको प्रकोप अत्याधिक बढेको अनुसन्धानकर्ताहरुले मङ्गलबार जानकारी दिएका छन् । चीनमा क्यान्सर रोगबाट दैनिक ७ हजार ५ सय व्यक्तिको मृत्यु हुनेगरेको सो अनुसन्धानले देखाएको सो अध्ययनले देखाएको छ । गत बर्षमात्र क्यान्सर रोगबाट चीनमा २८ लाख व्यक्तिको मृत्यु भएको थियो ।
त्यसैगरी गत वर्ष नै कम्तीमा पनि ४३ लाख व्यक्तिमा सो रोगको सङ्क्रमण भेटिएको बताइएको छ । हालैमात्र गरिएको सो अध्ययनले चीनमा मात्र प्रायःफोक्सोको क्यान्सरबाट व्यक्तिहरुको मृत्युहुने गरेको सो अनुसन्धानले देखाएको छ ।
चीनको जनसङ्ख्या एक अर्ब ३७ करोड रहेको राष्ट्रिय क्यान्सर केन्द्रका अधिकारी वानकिङ्गले दिनुभएको हो ।
चीनको विशाल जनसङ्ख्यामा पछिल्लो समयमा क्यान्सर रोग एक समस्याको रुपमा देखा परेको बताइएको छ ।
गएका वर्षहरुमा अनुसन्धानकर्ताहरुले अत्यन्त सानो नमुनाबाट सो रोगको अनुसन्धान गर्ने गरेको हुनाले क्यान्सर रोग अनुमान गर्न नसकिएको बताइएको छ ।
तर हालै गरिएको एक अनुसन्धान अनुसार चीनमा पुरुषहरुमा फोक्सो, पेट, भोजन नली र कलेजोको क्यान्सर देखिन्छ भने महिलामा स्तन क्यान्सरबाट मृत्यु हुने गरेको छ ।
पुरुष र महिलामा देखिने यस प्रकारको क्यान्सरका कारण प्रत्येक दिन ७ हजार ५०० को मृत्यु भएको बताइएको छ ।
चीनमा क्यान्सर रोग महिलामा भन्दा पुरुषमा बढी मात्रामा रहेको बताइएको छ ।
प्रति एक लाख पुरुषमा १६६ जना सो रोगले मृत्यु हुने गरेको बताइएको छ ।
यो सङ्ख्या महिलाको तुलनामा दोब्बर भएको बताइएको छ । चीनमा महिलामा स्तन क्यान्सर एक खतरनाक सङ्क्रमणका रुपमा बढ्दै गएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
रासस/एएफपी




0 comments
Write Down Your Responses