डा. भट्टराईको नयाँ शक्तिको परिसद बन्यो, कलाकार देखि पूर्वप्रशासकसम्म परिसदमा
काठमाडौं, १० माघ । एकीकृत नेकपा माओवादी त्यागेर नयाँ शक्ति अभियानमा लागेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चार महिनापछि आफ्नो नयाँ शक्तिलाई सानो रुप दिएका छन् ।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी उनले नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषद्को घोषणा गरेका हुन् । मुलुकको विकास र समृद्धिका लागि भन्दै नयाँ शक्ति निर्माणको पहिलो चरण अन्तर्गत प्रचार प्रसारको तीन महिने अभियान पश्चात डा. भट्टराईले आइतबार दुई सय ६५ सदस्य अन्तरिम केन्द्रीय परिषद्को घोषणा गरेका हुन् । हाल ३५ जनाको नाममात्रै सार्वजनिक गरिएको परिषद्लाई चाँडै पूर्णता दिने उनले बताए ।
संविधान जारी भएलगत्तै गएको असोज ९ गते एकीकृत माओवादी त्यागेर नयाँ शक्ति निर्माण अभियानमा लागेका डा. भट्टराईले नयाँ शक्ति विधिको शासनमा र सहभागितामूलक ढङ्गले अघि बढ्ने जानकारी दिए ।
संविधान जारी भएसँगै लोकतन्त्रको लडाईं मुलुतः सकिएको र अब आर्थिक विकास र मुलुकको समृद्धिका लागि नयाँ शक्ति आवश्यक रहेकाले विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागितामा नयाँ पार्टी घोषणा गरिने बताएका भट्टराईले नयाँ पार्टीमा आर्थिक पारदर्शिता हुने समेत दावी पनि गरे ।
३५ जना सदस्यहरु वृद्ध अवस्थामा लागेका र अवकाश प्राप्त व्यक्ति देखिएपछि सम्मेलनमा सहभागी पत्रकारहरुले वृद्धहरुको संगठनले कसरी मुलुकको समृद्धि हुन सक्छ भनी गरेको प्रश्नमा डा. भट्टराईले भने, ‘वृद्ध तथा अवकाश प्राप्त व्यक्तिहरुको अनुभव र विज्ञता युवाहरुले कार्यान्वयन गर्नेछन् ।
आज ३५ जना देख्नु भयो अझै २३० जना बाँकी छन् । जसमा युवाहरु रहनेछन् ।’
सरकारको नेतृत्व गर्दा जम्बोमन्त्रिपरिषद् निर्माण गरेका पूर्वप्रधानमन्त्री डा. भट्टराईले विगतका गल्तीहरुबाट पाठ सिक्दै लोकतान्त्रिक विधि र प्रक्रिया मार्फत मुलुकको आर्थिक विकासमा लाग्ने प्रण दोहो¥याए ।
पहिलो चरणको प्रचारप्रसार तथा बहस कार्यक्रम सकिएको र दोश्रो चरणको कार्यक्रममा प्रवेश गरेको जानकारी दिइएको उक्त कार्यक्रममा डा भट्टराईले दोश्रो चरणका कार्यक्रममा नयाँ पार्टीको संरचना निर्माण गर्ने, व्यापक बहस र छलफलपछि दस्तावेज निर्माण गर्ने जानकारी दिए ।
नयाँ पार्टीको घोषणा भएपछि निर्वाचन आयोगमा दर्ता गरी वैधानिकता दिने बताएका उनले अब हिंसा र जंगलको बाटो नभई शान्तिपूर्ण तथा लोकतान्त्रिक विधि र प्रक्रिया मार्फत सुशासन, सदाचार राजनीति स्थापित गर्न नयाँ पार्टी क्रियाशील रहने दावी गरे ।
अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ अघि बढ्ने बताएका उनले नयाँ शक्तिमा सबै जातजाती तथा वर्ग, समुदायका व्यक्ति सहभागी हुने भएकाले यसले जनताको अपेक्षा र मुलुकको आर्थिक विकास र समृद्धिमा कोशेढुङ्गा सावित गर्ने दावी गरे ।
काठमाडौंको बबरहमलमा केन्द्रीय कार्यालय सञ्चालनमा ल्याइएको जानकारी दिइएको सो पत्रकार सम्मेलनमा डा. भट्टराईले नेपालको संविधान पहिलो संशोधन भएको प्रति स्वागत गरेका छन् । यद्यपी उनले उक्त संशोधनले अझै आन्दोलनरत पक्षको माग सम्बोधन नगरेको भन्दै चाँडै पूरा गर्न माग समेत गरे ।
नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषद्मा पूर्वप्रशासक, पूर्वप्रहरी उच्च अधिकृतहरु, केही नेता, आदीवासी जनजाति नेता, कलाकार, किसान उगुवा, उद्योगी लगायतका व्यक्तिहरु सहभागी छन् ।
नयाँ शक्ति नेपाललाई शुभकामना दिन आइपुगेका उद्योगी तथा पूर्वसभासद् विनोद चौधरीले आर्थिक विकासलाई मुद्दा बनाएर हिँडेकाले आफू शुभकामना दिन आएको बताए । यद्यपी आफू उद्योगी भएकाले नयाँ शक्तिको सदस्य भने नरहेको स्पष्ट पारे । ७० प्रतिशत नीजि क्षेत्रको लगानी रहेको मुलुकमा भट्टराईको नयाँ शक्तिले आर्थिक विकास सहित मुलुकलाई समृद्ध तर्फ अग्रसर गराउन सकोस् भनी चौधरी पुनः शुभकामना दिए ।
नयाँ शक्ति नेपालको सदस्य भएकाहरु सबैले मुलुकको विकासमा नयाँ शक्ति आवश्यक रहेको र त्यसलाई भट्टराईको अभियानले सार्थकता दिने देखेर आफूहरु सहभागी भएको जानकारी दिए ।
को को परे त नया समिति सदस्यमा
१. संयोजक डा. बाबुराम भट्टराई
सदस्यहरुमा
२. अशोक शर्मा ३. ऋशिदेव शाक्य
४. कमला सेन्चुरी
५. करिश्मा मानन्धर
६. केशब दाहाल
७. डा. केशाब्मान शाक्य
८. गणेश राज राई
९. डा. चैतन्य सुब्बा
१०. डा. जितेन्द्र महाशेठ
११.
१२. डम्बर खतिवडा
१३. तिलक थापा मगर
१४. दलमर्दन कामि
१५. दुर्गा सौब
१६. देबेन्द्र पौडेल
१७. नारायण पाण्डे
१८. नथ्थु प्रसाद चौधरी
१९. पासाङ शेर्पा
२०. डा. प्रविन मिश्र
२१. मदन राई
२२. मन प्रसाद राई
२३.
२४. डा. मुक्ति रिजाल
२५. मोहनी महर्जन
२६. डा. राजेन्द्र केसी
२७. डा. राम केवल शाह
२८. राम चन्द्र झा
२९. रामेश्वर खनाल
३०. लिली थापा
३१. बझ्रा किशोर यादव
३२. विशन राई
३३. सरोज खनाल
३४. डा. सुरेन्द्र चौधरी
३५. हरेराम कोइराला
मेडिया एनपीबाट



0 comments
Write Down Your Responses