• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, InterViews, Literature, Photo, Videos » म लोक भाका गाउनकै निम्ति जन्मेकी हुँ-गायिका निता पुन मगर
म लोक भाका गाउनकै निम्ति जन्मेकी हुँ-गायिका निता पुन मगर

माघ ९, काठमाडौं, बाग्लुङ जिल्ला अमरभुमी गा.बि.स.वडा न १ जन्मी हाल गङगबु काठमाडौमा बस्नुहुने लोक शुर र स्वरका धनि गायिका निता पुन मगर नेपालका लोक क्षेत्रका एउटा नक्षत्र हुन् । २०६१ सालदेखि निरन्तर यस लोक गायन क्षेत्रमा लागेर दर्जनौ सृजना जन्मईसकेका छन । गायिका मात्र होइन आफै मोडल भएर दर्जनौ म्युजिक भिडियो पनि गरिसकेकी छिन तर आफुलाई लोक भाका गाउनकै निम्ति जन्मेको ठान्ने गायिका पुनमगरसंग यस SHERPASTATE.COM तथा SOLUKHUMBUONLINE.COM का प्रधान सम्पादक एम वर्तमान रानाले लिएको छोटो बार्तालाप-

१. आम स्रोता शुभचिन्तकहरुमाझ तपाई को परिचय
म लोक दोहोरी गायिका निता पुन मगर, मेरो जन्म बाग्लुङ जिल्ला अमरभुमी गा.बि.स.वडा न १ कर्म घर पर्बत ६ सालिजा हाल गङगबु काठमाडौ बस्छु यति नै हो मेरो परिचय।

२. तपाई यो गायन क्षेत्र मा कहिले देखि लाग्नु भो ? गायनमा लाग्नु को कारण नि ?
यो क्षेत्रमा बिशेश गरि २०६१ साल देखि निरन्तर लागिरहेको छु । त्यो भन्दा पहिला आदरणीय बरिस्ठ लोक गायक खड्ग गर्बुजा दाजुको एल्बममा पनि गाउने अबसर पाएकि थिए जुन मेरो पहिलो प्रेरणाको स्रोत बन्यो । सुरुका दिनमा रहरले गाएकि थिए अहिले गाउदै जादा यो ठाउमा पुगे। अहिले बुझ्ने भएकी छु । हाम्रा लोक भाका सस्कृतिलाई माया गर्ने भएकी छु ।

३. तपाईको बिचारमा गित संगीत के हो ? गित संगीत नभएको भए के हुन्थ्यो होला ?
गित संगीत शुख दुखको साथी हो । रोएको मनलाई हसाउछ, हाँसेको मनलाई खुशी बनाउछ, आनन्द दिलाउछ, कहिले हासेको मनलाई पनि रुवाउछ । लोक गित संगीत हाम्रो कला सस्कृती हो यसलाई जोगाइरहनु पर्छ,संगीत बिना अधुरो अपुरो भैइन्छ, खोइ? सोच्नु सक्दिन, सायद गित संगीत मा खुशी हुन्थेन होला ।

४. अहिले गित संगीत को आलावा के गरिरहन्नु भाको छ नि ?
गित संगीत बिना अरु के हि छैन यसैमा लागि परेकी छु, साधना गरिरहेकी छु ।

५. तपाईले जन्माउनु भएको गीत संगीतका कृतिहरु केके छन ? श्रीजना गरेको मध्ये अफुलाई मन परेको चाँही ?
मैले दर्जनौ लोक दोहोरी गीतका एल्बम निकाली सकेकी छु र मलाई मेरा सबै गीतहरु उत्तिकै मन पर्छ,

६. नेपालको मेडियाहरु कलाप्रेमी छ वा पैसा प्रेमी ? किन ?
नेपालको मिडियाहरु सबैलाई दोष दिन मिल्दैन कुनै कला प्रेमी पनि छन, हाम्रो कला सस्कृती जोगाउनु पर्छ भन्ने पनि छन र जोगाइ राखेका पनि छन, कोइ पैसाको पछि डौडिन्छन जो हाम्रो कला सस्कृति कलाकारको मर्मलाई बुझ्दैनन ।

७. तपाईको बिचार्रमा प्रेम के होला ? तपाईको प्रेम भएको छ ? 
मेरो विचारमा प्रेम जस्ले जस्लाई गर्न सकिन्छ, यो गराइमा भर पर्ने कुरो हो, प्रेम आफै हुन्छ गर्छु भनेर हुदैन प्रेम भएको छ र म सबैलाई प्रेम गर्छु, सबै भन्दा बढी प्रेम म मेरो शुभचिन्तकहरुलाई गर्छु, जसले मलाई र मेरो सृजनालाई ममता दिएको छ ।

८. तपाईलाई मन पर्ने गायक को हो नि ? किन ?
मलाई मन पर्ने गायक कुमार बस्नेत, नारायण रायमाझी,कृष्ण गुरुङ, खड्ग गर्बुजा, बिमा कुमारी दुरा,हरिदेबी कोइराला, शर्मिला गुरुङ आदि उहाहरुले देखाएको बाटोमा हिडेका छौ ।

९. तपाई कस्तो गित गाउन मन पराउनु हुन्छ?
म आफुलाई लोक दोहोरी गाउनको निम्ति जन्मेको ठानेको छु र त्यसैमा गौरन्वित छु । म साच्ची नै लोक दोहोरी गाउन मन पराउछु।

१०. गीत संगीतमा लाग्ने प्रेरणा कहाँ बाट पाउनु भो नि ?
गीत संगीतमा लाग्ने प्रेणा आफ्नै गाउघर बन पाखा रोधिघर र अग्रज ब्यक्तित्वहरुबाट पाएकी छु ।

११. अन्तमा आफ्ना स्रोत दर्सक हरुलाई केहि भन्नु छ कि ?
यो क्षेत्रमा लागेर आज यो ठाउमा पुग्छु भनेर सोचेको थिएन, हजुरहरुको माया साथ सपोत हौसला आशीर्वादले यो ठाउमा पुगेकी छु अझै अघि बढ्ने हौसला दिनुहोस लोक गित संगीतलाई माया गरिदिनुहोस राम्रा नराम्रा कुरा औलाईदिनुहोस, धन्यवाद।

तस्बिर- मिलन तमु

गायिका निता पुन मगरका लोक भाकाहरु
१. झ्याउरे गित

२. सालैजो भाका ३. माछा मिठो ४. शिरमा शिर फुल टलाक्कै ५. कौडा ६. माईति घर ७. बाबाको आगनीमा ८. हेर्दामा राम्रो ९. केको जोडी मिल्थ्यो १०. हेर्दामा अग्लो सालैजो गायिका निता पुन मगरका अन्य लोक भाका हरु युट्युबमा सर्च गरि हेर्न सक्नु हुन्छ

Labels: Articles, InterViews, Literature, Photo, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State