• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News » जिन्दगी भर चाेरी गरेरै ललितपुरमा घर बनाए खड्काले
जिन्दगी भर चाेरी गरेरै ललितपुरमा घर बनाए खड्काले

माघ १८, काठमाडौ । चोरी गरेरै रामेछापका केशव खड्काले ललितपुरको टीकाथलीमा घर बनाएका छन् । उनले आफ्ना सहयोगी परिचालन गरेर चोरी गर्दै आएका थिए । खड्का समूहले धनी र विदेशीको घर छान्दै चोर्ने गरेको प्रहरीले बताएकाे छ ।

उनीहरुले लामो समयदेखि चोरी गर्दै आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पीताम्बर अधिकारीले बताए । सहयोगी कुमार भन्ने रघुनाथ बस्नेतसहित खड्कालाई महानगरीय प्रहरी परिसर ललितपुरले शनिबार पक्राउ गरेको छ भने अरु फरार छन् । रामेछाप बेथान घर भएका मुख्य नाइके खड्काको ललितपुरको टीकाथलीमा भव्य घर छ । आपराधिक गतिविधिबाटै कमाएको पैसाले उनले घर किनेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खड्काको सो घरको छानविन हुनेछ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

Labels: Articles, BreakingNews, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State