• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News » सामान्य चुरोटको ठुटाले एक प्रहरी जवानको ज्यान गयो
सामान्य चुरोटको ठुटाले एक प्रहरी जवानको ज्यान गयो

माघ १८, मोरङ । मोरङमा आज बिहान एक प्रहरी हबल्दारको डढेर मृत्यु भएको छ । सिजुवा–१ घर भएका अन्दाजी ४५ वर्षीय रामचन्द्र ताजपुरियाको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

राति सुतिरहेको कोठाबाट एक्कासि धुवाँ निस्किरहेको देखेकी उनकी छोरीले आगो निभाएर उद्धार गरेकी थिइन् । उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकामा उपचारकै क्रममा उनको आज बिहान मृत्यु भएको हो । आगलागीबाट उनको ओछ्यान जलेको पाइएको छ । कोठाबाट लाइटर र चुरोटको ठुटोसमेत बरामद भएकाले चुरोट खाँदाखाँदै निभाएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । इलाम जिल्लामा कार्यरत उनी १० दिनको बिदामा घर आएका थिए ।

Labels: Articles, BreakingNews, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State