अब मोर्चाको आन्दोलनको केन्द्र काठमाडौं-नाकाबन्दी यसरि खोल्ने भए
माघ १२, काठमाडौँ । विगत ५ महिनादेखिको हडताल र नाकाबन्दी यही माघ १८ गते औपचारिक रुपमा हट्ने भएको छ । मोर्चाले भारतसँग सम्बन्ध सुमधुर बनाएर जाँदा मुलुकको हित हुने भन्दै अब नेपाल भारत सीमा नाका अबरुद्ध पारेर आन्दोलन नगरी आन्दोलनको स्वरुप परिवर्तन गरेर राजधानीसहित सहर र जिल्ला सदरमुकाम केन्द्रीत आन्दोलन गर्ने जनाएसँगै नाकाबन्दी खुल्ने भएको छ ।
नेपाल भारत सीमा नाका अबरुद्ध पारेर आन्दोलन गरिरहेको संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्नो आन्दोलनको स्वरुप परिवर्तन गर्ने भएको छ । मोर्चा आबद्ध एक घटक तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले माघ १८ गतेबाट मोर्चाले नाकाबन्दी आन्दोलन अन्त्य सहित आन्दोलनको स्वरुप परिवर्तनको योजना बनाएको जानकारी दिए ।
यस विषयमा मोर्चाले आन्तरिक रुपमा आन्दोलनको स्वरुप परिवर्तन गर्ने सहमति गरिसकेको समेत उनले जनाएका छन् ।
यादवले आगामी आन्दोलनको कार्यक्रम राजधानीसहित सहर र जिल्ला सदरमुकाम केन्द्रीत हुने भन्दै त्यसकोलागि आन्दोलनरत अरु समूहरु आदीबासी, जनजाति, थारु, दलित, मुस्लिमसहितकासमूदायसँग सहकार्य गरेर महागठबन्धन निर्माण गरेर अघि बढ्ने समेत मोर्चाको तयारी रहेको बताए ।
इताजाखबरबाट



0 comments
Write Down Your Responses