• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, Health » जिका भाइरस सर्न सक्ने डब्लुएचओको चेतावनी, गर्भवती नबन्न आग्रह
जिका भाइरस सर्न सक्ने डब्लुएचओको चेतावनी, गर्भवती नबन्न आग्रह

माघ १२, एजेन्सी – पछिल्लो समय घातक बनेको जिका भाईरस करिब करिब सबै अमेरिकी नागरिकलाई सर्न सक्ने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार चेतावनी दिएको छ । मध्यम ज्वरो, आँखा धमिलो हुनु, टाउको दुख्नु यस रोगका मुख्य लक्षण हुन । क्यारेबिन, उत्तर तथा दक्षिण अमेरिका लगायतका २१ ओटा देशहरुमा यो रोग फैलिइसकेको छ । यही रोगका कारण केही महिलाहरुले अविकसित दिमागसहित शिशुहरु जन्माउन थालेको बताइन्छ । 

रोगको महामारी भएका केही देशका महिलाहरुलाई त गर्भवती नबन्न समेत आग्रह गरिएको छ । अहिलेसम्म यसको कुनै उपचार वा खोप आविश्कार भएको छैन । पहिलो पटक सन् २०१५ को मे महिनामा ब्राजिलका अमेरिकी नागरिकहरुमा देखिएको थियो । अमेरिकीमा कुनै प्राकृतिक प्रतिरोधको अभावले यस रोगको संक्रमण फैलिएको विश्वास गरिएको छ । रोगको स्रोत लामुखट्टे एइडेस लामुखट्टेको टोकाईबाट जिका नाम गरेको भाइरस सरेको बताइन्छ । क्यानडा र चिली बाहेकका अन्य अमेरिकी मुलुकहरुमा यो लामखुट्टे पाइन्छ । 

एक विज्ञप्तिमार्फत विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को क्षेत्रीय कार्यलय पान अमेरिकन हेल्थ अर्गनाइजेसन (पीएएचओ) ले भनेको छ, ‘पीएचएचओ यो अनुमान गर्छ की जिका भाइरस अमेरिकी र एइडेस लामखुट्टे पाईने सम्पूर्ण क्षेत्रमा निरन्तर रुपमा फैलनेछ ।’ जिका भाइरसको संक्रमण संक्रमितको वीर्यमा समेत पाइएकाले यौन सम्पर्कबाट समेत यो रोग सर्न सक्ने सम्भावना भए पनि यस बारे पुष्टि हुन बाँकी नै रहेको बताइन्छ । विकान्सन्मुख मुलुका गर्भवती महिलाको कोखभित्रै शिशुमा यो रोगले आक्रमण गर्ने विज्ञहरुको चेतावनी अहिलेको मुख्य चासो बनेको छ । 

ब्राजिलमा गत अक्टोबरदेखि ४ हजार बढी शिशु निकै सानो दिमाग लिएर जन्मिने गरेको पाइएको छ । यसका पछाडि यही रोगलाई नै लिइएको छ । गर्भवती महिलामाथि विशेष सावधानी दर्शाउनुपर्ने र रोगको संक्रमण देखिनुपूर्व र देखिएपछि चिकित्सकको परामर्श लिनुपर्ने पीएएचओले जनाएको छ । यस भाइरसबारे थप जानाकारी नपाउन्जेल केही समय गर्भवती नहुन गत साता कोलम्बिया, इक्वेडर, एल साल्भाडोर र जमैकाका महिलालाई सुझाब दिएको थियो । 

 तथापी गर्भवती बन्न ढिलाई हुने कार्य महिला, उनको पार्टनर र स्वास्थ्य सेवा प्रदायकको भएको पनि पीएएचओले जनाएको छ । मानिसहरुलाई लामखुट्टेबाट बच्न पनि यस संस्थाले सबैमा आग्रह गरेको छ ।

Labels: Articles, Health

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State