• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News, Politics » नेता सडकमा उफ्रिएका आधारमा सरकारले घुँडा टेक्दैन
नेता सडकमा उफ्रिएका आधारमा सरकारले घुँडा टेक्दैन

माघ ९, काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मधेसवादी दलहरुसँग मिलेर ‘म्याच फिक्सिङ’ गरेको टिप्पणी गरेका छन् । आफ्नै नेतृत्वको सरकारले तयार पारेको संशोधन विधेयकमाथि कांग्रेसले उसका सांसदहरुलाई संशोधन प्रस्ताव दर्ता गराउन लगाएका कारण कांग्रेस नेताहरुलाई विश्वास गर्न सरकारलाई गाह्रो परेको उनले बताए । 

नेपाल ट्रेकिङ-ट्राभल्स-र्‍याफ्टिङ-एयरलाइन्स मजदूर युनियनको दोस्रो प्रतिनिधि परिषदको शनिबार काठमाडौंमा उदघाटनका क्रममा रिमालले भने, ‘कांग्रेसले आफ्ना सभासदलाई संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्न लगाएर म्याच फिक्सिङ गरेको छ ।’ प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिजालले केही जमिन्दार र शासनसत्ताको स्वाद लिने बानी परेका केही नेता सडकमा उफ्रिएका आधारमा सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासामु घुँडा नटेक्ने स्पष्ट पारे ।
अनलाईनबाट 

Labels: Articles, BreakingNews, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State