• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News, Politics » गाँजाखेतीमा संलग्नता देखिएपछि प्रहरीका एसपीसहित १८ जना कारबाहीमा
गाँजाखेतीमा संलग्नता देखिएपछि प्रहरीका एसपीसहित १८ जना कारबाहीमा


माघ १७, धनकुटा । धनकुटाका विभिन्न ठाउँमा हुने व्यावसायिक गाँजाखेतीमा संलग्नता देखिएपछि प्रहरीका एसपीसहित १८ जना प्रहरी कारबाहीमा परेका छन् । गाँजाखेती संरक्षणमा धनकुटा प्रशासन, राष्ट्रिय अनुसन्धान आयोग र सशस्त्र प्रहरी बलको पनि संलग्नता देखिएको छ ।

अञ्चल प्रहरी कार्यालयका एसएसपी पवन खरेलको नेतृत्वमा बनेको छानबिन समितिले धनकुटाका प्रहरी प्रमुख एसपी विभूतिराज पाण्डे सहितलाई कारबाही गरेको हो । पाण्डेसहित १४ प्रहरीलाई नसिहत दिइएको छ । तल्लो तहका प्रहरीले गाँजा खेतीका बारेमा पाण्डेलाई जानकारी गराए पनि फाड्ने आदेश नदिएको बताइएको छ । नसिहत पाउनेको एक वर्षसम्म बढुवा हुदैन ।

उनीहरू एक वर्ष विदेश जान पाउदैनन् भने एक वर्षसम्म पुरस्कृत पनि हुदैनन् । इलाका प्रहरी कार्यालय छिन्ताङबाट सरुवा भइसकेका प्रहरी निरीक्षक नारायण भट्टराईलाई गृह मन्त्रालयले निलम्बन गरेको छ । त्यसअघि प्रहरी चौकी त्रिवेणीका असई नरेश विक, प्रहरी चौकी आँखिसल्लाका असई लोकबहादुर धिमाल र जिल्ला प्रहरी कार्यालय धनकुटाका घुमुवा असई शिव शर्मा निलम्बनमा परेका थिए । निलम्बनमा परेकाहरूको जागिर नै जानसक्ने बताइएको छ । 

उनीहरूलाई निलम्बन गरेर कारबाही अघि बढाएको प्रहरीले जनाएको छ । ठुलो कारबाही गर्न निलम्बन गरिएको बताउँदै एसएसपी खरेलले उनीहरुले जागिरबाटै हट्नुपर्ने हुनसक्ने बताए । छानबिन समितिले आरोपित प्रहरी र स्थानीयबासीसँग सोधपुछ गर्दा जिल्ला प्रशासन कार्यालयका कर्मचारी, राष्ट्रिय अनुसन्धानका कर्मचारी र सशस्त्र प्रहरीको पनि संलग्नता रहेको खुलेको थियोे । छानबिन प्रतिवेदनले उनीहरू प्रति पनि अनुसन्धान गर्नुपर्ने सुझाव दिएको छ ।धनकुटाको छिन्ताङ, आहाले, खोकु र मुगा गाविसमा हुँदै आएको गाँजा खेतीबाट छिन्ताङ निवासी योगेन्द्र राई र कुमार मंग्रातीले प्रहरी प्रशासनका लागि रकम उठाउने गरेका थिए । करिब एक करोड रुपैयाँ उठाएर दुवै जना फरार भएको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको प्रहरीले बताएको छ ।

Labels: Articles, BreakingNews, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State