स्वास्थ्यको लागि "सेकुवा" महादुश्मन-बुझौं
पुस ६, काठमाडौं, सेकुवा भन्नेबित्तिकै जोकसैको मुख रसाउँछ । मासुका पारखीहरुले क्षणिक स्वादका लागि खाने सेकुवाले मानव स्वास्थ्यमा दीर्घकालीन असर गर्ने मासुविज्ञ तथा डाक्टरहरु बताउाछन् । सडक पेटीदेखि शहरमा खुलेका अधिकाङ्श रेस्टुराामा सेकुवा बेचिन्छ तर उनीहरुले बेच्ने सेकुवा स्वादमा जति मिठो छ त्यत्ति नै स्वास्थ्यका लागि हानीकारक रहेको उनीहरुको भनाइ छ । कोइलामा सेकिने सेकुवाले स्वास्थ्यमा क्यान्सर जस्तो खतरनाक रोग निम्त्याउने गर्छ ।
बजारमा अहिले ‘मटन’, ‘बफ’ र ‘चिकेन’ सेकुवा सबैभन्दा बढी लोकप्रिय छन् । आगोमा सेकाएर बनाइने सेकुवामा धुावा टाासिने भएकोले यस्तो खानु स्वास्थ्यका लागि जोखिमपूर्ण हुने मासुविज्ञ तथा चिकित्सकहरु बताउाछन् । ह्याकुला, कलेजो, राजखानी, बोसे आन्द्रा, चुस्ता, भुाडी, टाउकोजस्ता मासुका थुप्रै भागका सेकुवा बजारमा भेटिन्छन् । ‘सेकुवा खानु ठिक छैन, स्वादको लागि मात्र खाने हो’, सेकुवाले स्वास्थ्यमा प्रतिकूल असर गर्ने मासुविज्ञ देवराज आचार्य बताउाछन् ।
‘नेपाली बजारको सेकुवा पोलाइमा क्वालिटी छैन, सेकुवा साधारण काठमा पोल्दा हानिकारक नै हुन्छ’, आचार्यले भने । सेकुवा पोल्दा कम धुावा आउने आरुबखडाका काठमा पोल्दा मात्र राम्रो हुन्छ, अरु काठमा धुवा आइहाल्छ’, उनको भनाइ थियो ।
नेपालमा शहर–बजारमा पोलिने सबै सेकुवा हानिकारक भएकोले यस्तो सेकुवाले सिधै स्वास्थ्यमा प्रतिकूल असर पर्ने आचार्य बताउाछन् । सेकुवा खाादा सलाद धेरै खानु पर्ने बताउादै उनले धुावारहित बनाउने प्रविधि नहुादा सेकुवा खानु स्वास्थ्यका लागि हानिकारक भएको बताए ।
पोलेको र थोरै समय मात्र पकाएको सेकुवा जस्ता परिकारमा रोग लाग्ने कीटाणु जीवितै हुने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा. सञ्जीव शर्मा बताउाछन् । ‘आगोमा पोलेको खानेकुरा खाादा आन्द्रामा क्यान्सर हुन्छ, आगोमा पोलेको खाना स्वास्थ्यको लागि उचित हैन’, उनले भने ।
मासुलाई राम्ररी नपकाउादा मासुमा हुने परजीवी नमर्ने र त्यस्तो मासु खाादा मानिसको मस्तिष्कलगायत शरीरका अन्य भागमा हानी पुर्याएर रोगी बनाउने गर्छ । त्यस्तै फोहोर ठाउामा काटिएको र तौलिएको तथा भण्डारण गरिएको अस्वस्थकर मासुको अत्यधिक प्रयोगले दीर्घकालीन रुपमा हुने अल्सर, उच्च रक्तचाप, मुटुरोग, तल्लो आन्द्राको रोग, मृगौलाले काम नगर्ने, क्यान्सरजस्ता रोग देखा पर्ने खाद्यविज्ञ केपी लम्साल बताउाछन् ।
‘कार्किनो जेनिस जीवाणुले क्यान्सर गराउने गर्छ, नेपालका अधिकाङ्श सेकुवा पसल व्यवस्थित नभएकाले क्यान्सर हुने सम्भावना हुन्छ’, लम्सालले भने ।
चालिस वर्ष उमेर कटिसकेकालाई खसीको सेकुवा खानु अझ हानिकारक छ । विज्ञहरुको अनुसार खसीको सेकुवाले कोलेस्ट्रोरोल बढाउने, रक्तनली सााघुरो भई उच्च रक्तचाप, हृदयाघात, पक्षघातसमेत हुन सक्छ । युरिक एसिड तथा बाथ गराउाछ र आन्द्राको क्यान्सर हुन सक्छ । अल्जाइमर रोग लाग्न सक्छ । हड्डीमा समस्या देखापर्छ । स्तन क्यान्सर हुन सक्छ । मोटोपना, मधुमेह, उच्च रक्तचाप तथा मुटुरोग भएका व्यक्तिका लागि खसीको सेकुवा हानिकारक हुने विज्ञ तथा चिकित्सकहरु बताउँछन् ।
(ब्लाष्टबाट)
यो सम्बन्धि भिडियो हेर्न अन्य जानकारी लिन तल क्लिक गर्नुहोस
यो सम्बन्धि भिडियो हेर्न अन्य जानकारी लिन तल क्लिक गर्नुहोस





0 comments
Write Down Your Responses