• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, News » सामुहिक बलात्कारपछी पाशविक हत्या ..
सामुहिक बलात्कारपछी पाशविक हत्या ..

माघ ६, जाजरकोट, रुकुम खोलागाँउकी एक किशोरीको सामूहिक बलात्कारपछि हत्या भएको छ । घर नजिकैको जंगलमा दाउरा लिन गएकी खोलागाँउ–५ सर्केनाकी १६ वर्षकी किशोरीको हत्या भएको प्रहरीले जनाएको छ । 
सोमबार दिउँसो ४ बजेतिर दाउरा लिन गएकी किशोरी राति अबेरसम्म नफर्किएपछि परिवार र छिमेकीले खोजी गदै जाँदा जंगलमा एउटा रुखमा बाँधेर हत्या गरिएको अवस्थामा फेला पारेका थिए । 

पोष्टमार्टमका लागी मंगलबार जिल्ला अस्पताल जाजरकोट ल्याइएको थियो । किशोरीको बलात्कारपछि हत्या भएको डा. दीपक पुनले बताउनुभयो । शवको अवस्था हेर्दा हातखुटा बाँधेर सामूहिक बलात्कार गरेर हत्या गरेको हुन सक्ने डा. पुनको भनाई छ । 

किशोरीलाई केही दिनअघिदेखि नचिनेको नम्बरबाट फोन गरेर केटाहरुले धम्की दिने गरेको स्थानीय बासिन्दा निर्मल शाहले बताउनुभयो । शाहले फोनमा धम्की दिनेले नै किशोरीको हत्या गरेको दाबी गर्नु भयो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको प्रहरी निरीक्षक पुष्पकमल श्रेष्ठले बताउनुभयो ।

Labels: BreakingNews, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State