बार्ता विफल-मदेश निरास
वीरगन्ज, ६ माघ / प्रमुख तीन दल र मधेसी मोर्चाबीचको वार्ता सहमति नजिक पुगेका बेला जस्तो आशा जागेको थियो, टाढा हुँदा त्योभन्दा बढी निराशा छाएको छ ।
आन्दोलन र बन्दका कारण मधेसमा हजारौँको रोजगारी गुमेको छ । करोडौँ नोक्सान भएको छ ।
व्यापार व्यवसाय धरासायी बनेका छन् । वार्ता सहमतिनजिक हुँदा ५ महिनाभन्दा बढी लामो बन्दको अन्त्य हुने आसमा बसेका सर्वसाधारण दूरी बढेपछि निराश बने ।
वीरगन्ज रानीघाट निवासी कुर्मीले निर्णायक भनिएको वार्ता अवरुद्धपछि निराशा व्यक्त गरे । ‘निकास आउला भनेको फेरि अवरुद्ध भयो,’ उनले भने, ‘अन्योलता झन् बढेको छ ।’
महिनौँ आन्दोलन हुँदा मधेसमा समस्या बढ्दै गएकोप्रति त्यहाँका स्थानीय चिन्तित छन् । अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।



0 comments
Write Down Your Responses