• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, international news, News, Politics » धन कमाउने आसमा खाडी पसेका २५ नेपाली रेडकर्नर नोटिसमा
धन कमाउने आसमा खाडी पसेका २५ नेपाली रेडकर्नर नोटिसमा

काठमाण्डौं, ६ माघ । वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका २५ नेपाली ठगी अभियोगमा अन्तर्राष्ट्रि प्रहरी संगठन इन्टरपोलको रेडकर्नर नोटिसमा परेका छन् । 

इन्टरपोलको नेपाल समन्वय शाखा (एनसिबी)ले सार्वजनिक गरेको २०१६ जनवरी १२ सम्मको सूचीअनुसार रेडकर्नरमा परेका अधिकांश नेपालीमाथि ठगीको अभियोग छ । युएई, कतार, साउदी अरेबिया र बहराइन सरकारको आग्रहमा इन्टरपोलले आफ्ना सदस्य राष्ट्रलाई पक्राउका लागि रेडकर्नर नोटिस जारी गरेको छ । 
सबैभन्दा धेरै यूएई सरकारको आग्रहमा नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ । एनसिबीले सार्वजनिक गरेको सूचीअनुसार यूएई सरकारको आग्रहमा १५ नेपाली विरुछ इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको छ । कतार सरकारको आग्रहमा ६, साउदी अरेबियाको आग्रहमा ३ र बहराइनको आग्रहमा एक नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ । 

खाडी मुलुकको आग्रहमा रेडकर्नरमा परेका २५ नेपालीमाथि ठगीको अभियोग छ । केही नेपालीमाथि लागेको आरोप अरेबिक भाषामा रहेकाले खुल्न सकेको छैन । एनसिबीको तथ्यांकअनुसार भारतको आग्रहमा २९ र अमेरिकाको आग्रहमा ५ जना नेपाली रेडकर्नर नोटिसमा रहेका छन् । अाजकाे नागरिक दैनिकमा खबर छ ।

Labels: Articles, BreakingNews, international news, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State