पद्मभूषण सम्मान गायक उदीत नारायणलाई
माघ ११, काठमाडौं । यस वर्षको ‘पद्मभूषण पुरस्कार’ गायक उदित नारायण झालाई दिने भारतीय सरकारले निर्णय गरेको छ । वहा संगै ‘पद्मभूषण पुरस्कार’ चर्चित अभिनेता रजनीकान्त, मिडिया उद्योगी रामोजी राव र अध्यात्मीक गुरु रविशंकरलाई पनि दिने घोषणा गरेको छ ।
सोमबार घोषणामा भएको सम्मानमा उद्योगी धिरुभाई अम्बानीले पनि मरणोपरान्त सम्मान पाएका छन् ।
सप्तरीको भारदहमा जन्मिएका उदीत नाराण नेपाली फिल्मको गायनसँगै बलिउडको गीत संगीतमा स्थापित भएका गायक हुन ।
बलिउडमा स्थापित भएको लामो समय पछि भारत सरकारले उनलाई यो सम्मान दिने घोषणा गरेको हो । बलिउड अभिनेता अनुपम खेर, खेलाडीहरु सानिया मिर्जा र साइना नेहवाल तथा पूर्वमहालेखा परिक्षक विनोद रायले यस भन्दा अघि यो विभूषण पाएका छन् .
म्याजिकका लागि तल क्लिक गर्नुहोस



0 comments
Write Down Your Responses