• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, international news, News » दिल्लीबाट काठमाडौं आउँदै गरेको जहाजमा बम !, यात्रुहरु आतंकित
दिल्लीबाट काठमाडौं आउँदै गरेको जहाजमा बम !, यात्रुहरु आतंकित

माघ ११, काठमाडौं। भारतको दिल्लीबाट काठमाडौं आउँदै गरेको जहाजमा बम रहेको आशंका पछि यात्रुहरु आतंकित बहेका छन् । नयाँ दिल्लीबाट काठमाडौँ लागि आउँदै गरेको फ्लाइट 9W260 जेट एयरवेजमा बम रहेको आशंकामा यात्रुहरु र चालक दलका सदस्य सबैलाई उतारेर छानबिन सुरु गरिएको भारतीय सञ्चारमाध्महरुले जनाएका छन् । 
जेट एयरले जहाजमा रहेका सबै १०४ यात्रु र चालक दलका सात सदस्यलाई बाहिर निकाली जहाजभित्र सर्च सुरु गरेको बताइए पनि अन्य थप विवरण भने बाहिर आइसकेको छैन । यता जेट एयरवेजले भने निर्धारित समय दिउँसो १ बजेर २५ मिनेटमा उडान भर्नुपर्ने भएपनि सुरक्षा अलर्टका कारण ढिलो भएको जनाएको छ । चालक दलका सदस्य र यात्रुहरुलाई विमानबाट बाहिर निकाली दिल्ली विमानस्थलमा राखिएको र विमान भित्र सुरक्षाकर्मी सर्च गरिरहेको विज्ञप्ति जारी गरी जेट एयरवेजले जनाएको छ ।

Labels: BreakingNews, international news, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State