शुन्दर र आकर्षक देखिन चाहानु हुन्छ? त्यसो भए यसो गर्नुहोस
माघ ८, काठमाडौं । धेरै मान्छेलाई आफू कसरी सुन्दर देखिने भन्ने चिन्ता छ । मोटा मान्छेहरुको चिन्ता कसरी चिकिक्कको शरिर बनाउने भन्ने हुन्छ । मोटो र भत्ता शरिरको चिन्ता भए जस्तै दुब्लो शरिर भएका मान्छेलाई पनि आफ्नै खालको चिन्ता हुन्छ । दुब्ला मानिसहरु उमेरभन्दा अघि पाका देखिन्छन्, दुब्ला मान्छेहरु अलि कुरुप पनि देखिने हुन्छन् । त्यसैले उनीहरुको चिन्ता कसरी ‘ह्यान्डसम’ देखिने भन्ने हुन्छ । चिन्ताको ठाउँमा केही घरेलु उपाय अपनाउने हो भने दुब्ला मान्छेहरुपनि सुन्दर देखिन सक्छन् ।
१. केराको प्रयोग :
प्रत्येक दिन तीनपल्ट केही मात्रा केरा दुध र दहीसँग मिसाएर खायो भने राम्रो मुहार चम्किलो र शरिर सुन्दर बन्छ । एक महिना नबिराइ खाने हो भने शरीरमा परिणाम देखिने छ ।
२. तातो दुधमा मह : सुत्नुअघि एक गिलास तातो दुधसँगै एक चम्चा मह खानुपर्छ । महले पाचन प्रक्रिया राम्रो गर्छ भने दुध पौष्टिक आहार अन्तर्गत नै पर्छ ।
३. खरबुजा : धेरै दुब्लो पातलो मान्छेलाई डाक्टरले खरबुजा खान सिफारिस गर्छन् । यो नियमित सेवन गर्दा दु्रत गतिमा मोटाउन सकिने हुन्छ र यसले डिहाइड्रेसनबाट समेत बचाउँछ ।
४. बदामसँग दुध : बडि बिल्डर्स र पहलवानहरु बदाम र खजुरका साथ दुध खान्छन् ।
कार्बाेहाइड्रेडयुक्त खाना : भोजनमा अधिक कार्बाेहाइड्रेड भएका खानेकुरामा जोड दिनुपर्छ ।
५. पनिर : फुल क्रिमबाट बनेको पनिर धेरै राम्रो प्रोटिनको स्रोत हो । जो ननभेज छ, उसका लागि यो असाध्यै राम्रो हुनसक्छ । यसले शरीरमा क्यालोरीको कमी समेत हटाउछ ।
अन्य भिडियो हेर्न तल क्लिक गर्नुहोस --



0 comments
Write Down Your Responses