• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, Health » तौल सन्तुलनमा राख्न तथा तौल घटाउन यी पेय पदार्थ पिउनुहोस
तौल सन्तुलनमा राख्न तथा तौल घटाउन यी पेय पदार्थ पिउनुहोस

माघ ८, काठमाडौं, पोषणबिदहरुका अनुसार तौल घटाउन कठोर पोषण सम्बन्धि नियम पालन गर्न सक्नु भएन भने पनि केही पेय पदार्थ पिउँदा तौल घट्ने अध्यानले देखाईएको छ । 

१. पानीः यो सदाबहार उपयुक्त पेय पदार्थ हो । नियमित पानी पिउँदा अवश्य पनि केही न केही तौल घट्छ । अझ पानीमा कागती राखेर पिउँदा तपाईको तौल झन् घट्छ । बिहान उठ्नेवित्तिकै कागती पानी पिउम्दा तौल घट्छ । 

२. सागसब्जीको सुपः पोषणयुक्त यस सुपले तपार्इंको मेटाबोलिजमलाई सशक्त बनाउछ । डिनर अगाडि सागसब्जीको सुप खाँदा थोरै क्यालोरी खान सहयोग मिल्छ । 

३. ग्रीन टीः तौल नियन्त्रणका लागि ग्रीन टी पनि उपर्युक्त विकल्प हो । यसले शरिरको ग्लुकोजलाई समेत नियन्त्रण गर्छ । दैनिक दुई कप ग्रीन टी खाँदा तौल घट्छ । यसले विभिन्न रोगबाट बचाउनका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । 

४. सागसब्जीको जुसः तरकारीको सुपमा जस्तै भेजिटेबल सुपले पनि तौल घटाउँछ । गर्मी मौसममा सब्जीको जुस र जाडोमा सब्जीको सुप खाँदा शरिरलाई फाइदा हुन्छ । तर सुपमा सोडियमको मात्रा न्यून हुनुपर्छ । 

५. कफीः कफीले पनि तपाईको मेटाबोलिजमलाई शसक्त बनाउछ । यसले मोटोपन घटाउछ र तपाईको उर्जाको तह बढाउछ । कफीमा भएको क्याफिनले क्यालोरी जलाउन सहयोग गर्छ । तर खाली पेटमा र दैनिक दुई कप भन्दा बढी कफी पिउँदा भने शरिरको मेटाबोलिजमलाई नकरात्मक असर पार्छ । 

६. तररहित दूधः तरकाटेको दुभ प्रोटिन, भिटामिन डी, र क्याल्सियमयुक्त हुन्छ जसले तपाईको हड्डीलाई बलियो बनाउँछ । यस्तो दुधले शरिरमा क्यालोरि नथपी शरिर झनै ऊर्जावान हुन्छ।

Labels: Articles, Health

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State