• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News, Tourism » सर्पले टोक्यो ? ...एन्टि स्नेक भेनम नेपालमै बनाइने
सर्पले टोक्यो ? ...एन्टि स्नेक भेनम नेपालमै बनाइने

पुस २३, काठमाडौं– सर्पको टोकाइपछि दिइने एन्टि स्नेक भेनम नेपालमै बनाउने तयारी भएको छ । व्यवस्थापिका संसद अन्तर्गतको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको बिहीबार बसेको बैठकले तुरुन्त काम थाल्ने निर्णय गरेको छ । नेपालमै यसको उत्पादन थाल्ने विषयमा थप अध्ययन गर्न समितिले विभिन्न मन्त्रालयलाई निर्देशन दिएको छ । 

स्वास्थ्य मन्त्रालयको संयोजकत्वमा अघि बढ्ने उक्त कार्यमा बन मन्त्रालय, अर्थ मन्त्रालय र उद्योग विभागलाई आ–आफ्नो क्षेत्रमा अध्ययन गर्न निर्देशन दिइएको हो । समितिको निर्णयमा भनिएको छ, ‘तोकिएको काम शिघ्र पूरा गरी नेपालमा उत्पादन अघि बढाउन सम्बन्धित पक्षलाई निर्देशन दिइन्छ ।’ संभाव्यता अध्ययनका लागि यसअघि नै स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सचिव सदस्य सचिव रहेको मन्त्री स्तरीय तदर्थ समिति बनाइसकिएको छ । 

त्यसैगरी स्वास्थ्य सचिवको संयोजकत्वमा औषधि व्यवस्था विभागका निर्देशक सदस्य सचिव रहने प्राविधिक कमिटी पनि असोजमै गठन भएको छ । यी दुई कमिटीको बैठक नबोलाइएकोमा स्वास्थ्य सचिवको बैठकमा चर्काे आलोचना भएको थियो । मन्त्री तथा सचिवले काम अघि बढाइसक्नुपर्नेमा एउटा बैठक समेत साउन नसकेको भन्दै सहभागीले गम्भीर टीप्पणी गरेका थिए । यसैगरी अर्थमन्त्रालयले निम्न तहका कर्मचारी मात्रै बैठकमा पठाउने गरेको भन्दै आलोचना भएको थियो ।

Labels: Articles, BreakingNews, News, Tourism

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State