जेलबाट छुट्ने भए बलिउड नायक सञ्जय दत्त
काठमाडौं, २३ पुस । सन् १९९३ मा मुम्बईमा भएको आतंककारी सिरियल बम ब्लास्टमा संलग्नता रहेका आरोपमा जेल परेका बलिउड नायक सञ्जय दत्त आउँदो २७ फेबुरअरिमा जेलमुक्त हुने भएका छन् । उनी आफ्नो जेल जीवनको १०५ दिन बाँकी रहदै जेल मुक्त हुन लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
जेलमा रहदा राम्रो ब्यबहार गरेका उनलाई उनको राम्रो व्यवहारकै कारण जेल प्रशासनले बाँकी जेल सजाय भोग्नु पर्ने दिन मिनाहा गरि ३ महिना १५ दिन अघि नै उनलाई रिहा गर्न लागेको जनाएको छ । पाँच वर्षको जेल सजाँय पाएका उनी अदालतले उक्त निर्णय गर्नुअघि नै उनी १८ महिना जेल बसिसकेका थिए । उनी जेलमै रहेको बेला उनले अभिनय गरेको चलचित्र ‘पीके’ले राम्रो व्यापार गरेको थियो ।
सन् २०१३ मे २१ मा उनी यरवदा जेल पुगेका थिए । यो विचमा उनले जेलबाट चार पटक सुटिङ्गका लागि छुट्टी समेत लिएका थिए ।



0 comments
Write Down Your Responses