• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, Health, News » आखिर मानिसहरुले किन गर्दछ आत्माहत्या ? रोचक तथ्य भिडियोसहित
आखिर मानिसहरुले किन गर्दछ आत्माहत्या ? रोचक तथ्य भिडियोसहित

माघ ११, एजेन्सी – मानिसको मन सधैभर एउटै हुदैन । कहिले खुसी त कहिले हतास हुन्छ । तर निरन्तर रुपमा मन दुःखी हुन्छ भने त्यो राम्रो संकेत होइन । कहिले काँही हाम्रै आफ्न्तले देखाएको आत्महत्या सम्बन्धि स्वभावको हामीले हेक्का राख्दैनौं । तर पछि उनीहरुले छोडेको आत्महत्यासम्बन्धि नोटदेखेपछि पश्चताप मान्छौ । विज्ञहरुका अनुसार कुनै पनि व्यक्तिले आत्महत्या गर्न विभिन्न कारण हुन्छन् । आत्माहत्या गर्नु अघि विभिन्न लक्षणहरु देखाउने गर्दछ, जसको बेलैमा अध्यान गरि आबश्यक मनोबैज्ञानिक उपचार गरे दुर्घटना हुन पाउदैन । जसको यहा अध्यान गरौ - 

१. डिप्रेसनः 
डिप्रेसनले पनि आत्महत्या गर्ने सोच, बिचार र स्वभावतर्फ उन्मुख गर्छ । निराश मानिसहरुले जहिले पनि आफ्नो बारेमा नकरात्मक सोच मात्र राख्छन् । पूर्ण रुपमा आशा समाप्त भएपछि आफ्नो जीवनलाई अन्त्य गरिदिन्छ अर्थात आत्महत्या गरिदिन्छन् । 

२. गहिरो पिडाः 
जीवनका महत्वपूर्ण उत्तारचढाब, चोट तथा पीडाले पनि मानिसलाई आत्महत्याको सोच बनाउछ । जस्तै सम्बन्ध बिच्छेद, ब्रेकअप, सन्तानको मृत्यु, आफन्तको देहाबसान, आर्थिक नोक्शानी, भ्रष्टाचारको मुद्द, टाट पल्टिका घटना इत्यादिले पनि आत्महत्याको बाटोतर्फ लैजान सक्छ । 

३. दुव्र्यबहार: 
जीवनमा हुने कुनै प्रकारका दुव्र्यबहार र त्यसको अशरले पनि मानिसलाई आत्महत्या गरु गरु बनाउछ । शारीरिक, भावनात्मक, तथा यौन दुव्र्यबहारले मानिसलाई आत्महत्याको बाटो रोज्न बाध्य पार्छ । 

४. कमजोर आत्मसम्मानः 
जब कसैले आत्मविश्वास गुमाउछ तव उसले आफूलाई सधै सानो वा कम्जोर देख्छ र आफूमा हिनताबोध उत्पन्न गरी बाँच्नका लागि अयोग्य भएको महशुस गर्छ । यस्तो भावनले पनि मानिसलाई आत्महत्याको बाटोतर्फ लैजान्छ । 

५. कष्ट/उत्पिडनः 
कार्य क्षेत्र वा घर वा अन्य कुनै स्थानमा उत्पिडत बा कष्ट भोग्न बाध्य मानिस पनि आत्महत्याको बाटो रोज्ने खतरा भएको विज्ञहरु बताउछन् । दाइजो, यौनहिंसा वा आफ्नो कामसँग सम्बन्धित अन्य उत्पिडन भोगका मानिसहरुमा आत्महत्याको सोच आउछ । 

६. बेरोजागारः 
आफ्नो खाइरहेको जागिर गुमाउनु तथा अर्को काम नपाउदाको बखतमा पनि मानिसमा साहै पीडा हुन्छ र बिस्तारै आत्महत्यातर्फ गर्ने अवस्था हुन्छ । सम्पूर्ण परिबार पाल्ने एक मात्र व्यक्ति बेरोजगार बन्दा अत्यधिक तानब हुने र आर्थिक संकटका कारण आत्महत्या गर्ने विज्ञहरु बताउछन् । 

७. लज्जाः 
कुनै लज्जास्पद घटनाले पनि मानिसले आत्म सम्मान गुमाउछ र बाच्न अयोग्य ठान्छ । करणी लगायतका ठूला ठूला अपराधमा दोषी ठहर भएपछि जीवनको अर्थ पनि समाप्त हुन्छ । 

८. अपांग वा बिरामीः 
दीर्धकालिन रोग वा रोगकै कारण अपांग आदिले मानिसले आफूले आफूलाई बोझ ठान्छ । ‘कतिदिन परिबार र घरलाई बोझ दिने’ भन्ने सोच आउछ र अन्तमा आत्महत्या गर्न पुग्छ । 

९. सेवानिबृत्तः 
खाली दिमाग सैतानको डेरा भन्ने उक्ती भएजस्तै सेवानिबृत्त जीवनपछि मानिस निस्कृय हुन्छ । आफू कम्जोर महशुस गदै जीवनदेखि नै निराश बन्छ र बाच्नुको अर्थ नदेख्न सक्छ । 

१०. खराब परिणामः 
 शिक्षक तथा अभिभावकले बच्चाहरुमा दिने अनावश्यक दबाब र निरन्तरताको असफलताले पनि विद्यार्लीले बाँच्नुको अर्थ बेकार ठान्छन् । 

अत्यान्तै थाहा पाई राख्नुपर्ने आत्महत्या गर्ने मानिसहरुले देखाउने लक्षण 
-अत्यधिक 
-थकित 
-भोक नलाग्नु 
-साथीभाईबाट एक्लिनु 
-हरेश खानु 
-चासो नदेखाउनु 
-असन्तुलित निन्द्रा 
-नकरात्मक सोच
आत्माहत्या सम्बन्धि अन्य जानकारीको लागि तल क्लिक गर्नुहोस

Labels: Articles, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State