भारतमा ८.२ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प आउने चेतावनी, भारतभरी त्रास फैलियो
काठमाडौं, २२ पुष । विशेषज्ञहरुले भारतमा शक्तिशाली भूकम्प आउने चेतावनी जारी गरेसँगै भारतीय स्थानीयबासीमा त्रास फैलिएको छ । बिशेस गरि हप्तादिन अघि श्रीनगर तेमंलोंग केन्द्रबिन्दु बनाई गएको ६.७ रेक्टरको भूकम्पका कारण अझ बढी स्थानियबासीहरु त्रसित र घरबाहिर बसिरहेका छन् ।
भारतको केन्द्रीय गृहमन्त्रालयका विशेषज्ञको टोलीले छिट्टै भारतमा विनाशकारी भूकम्प आउने चेतावनी दिएसँगै स्थानीबासीमा त्रास फैलिएको हो । विषेशज्ञले भारतमा ८ दशमलव २ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प आउनसक्ने चेतावनी दिएको छ, साथै भारतसंग जोडिएको नेपालको दक्षिणी तराईका भूभागमा पनि यसले प्रभाव पार्ने भारतीय अनलाइन पत्रिका एबीपी लाइभले जनाएको छ ।



0 comments
Write Down Your Responses