डाक्टरी पढ्न १२ सय ६६ बिद्यार्थीहरु बाहिरिए डाटासहित
पुस २२, काठमाडौं – चिकित्सा शिक्षा अध्ययनका लागि यो वर्ष १२ सय ६६ विद्यार्थी बिदेशिएका छन् । बिदेश पढ्न जानका लागि एम बिबि एसमा ८ सय ६३, बि डि एसमा ३० र पोष्ट ग्य्राजुएट (पिजी)मा ३ सय ७३ जनाले मेडिकल काउन्सिलबाट इलिजिबिलिटी प्रमाणपत्र लिएको काउन्सिलले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष इलिजिबिलिटी प्रमाणपत्र लिने विद्यार्थीको संख्यामा कमी आएको छ ।
गतवर्ष प्रस्तावित मेडिकल कलेजका सञ्चालकले विदेश अध्ययनका लागि बिदेशीने विद्यार्थीको संख्या बढी देखाउन नक्कली इलिजिबिलिटी प्रमाणपत्र लिएका कारण संख्या बढी देखिएको बताइन्छ ।
गत वर्ष (२०७१ सालमा) कुल १९ सय २३ जना विद्यार्थीले विदेश पढ्न जानका लागि काउन्सिलबाट इलिजिबिलिटी प्रमाणपत्र लिएका थिए । यसमध्ये १३ सय जनाले एम बिबि एस, ७९ जनाले बिडिएस र ५ सय ४४ जना विद्यार्थीले पिजीका लागि इलिजिबिलिटी प्रमाणपत्र लिएका थिए ।
गएको ८ वर्षमा (सन् २००८ देखी हालसम्म) एमबिबिएस/बिडिएस अध्ययनका लागि ३८ सय ५० र पिजीका लागि १२ सय ७१ जना विद्यार्थीले विदेश अध्ययनका लागि काउन्सिलबाट इलिजिबिलिटी प्रमाणपत्र लिएका छन् ।
नेपालमा शुल्क महंगो, प्रवेश परीक्षामा नाम निकाल्न नसक्नु, केही देशमा सजिलै पास हुन सक्ने, परिवारको छोरा÷छोरीलाई विदेश पढाउने रहरका कारण विद्यार्थी विदेशिने गरेको बताइन्छ ।
यसबर्ष एमबिबिएस अध्ययनका लागि सबै भन्दा बढी विद्यार्थी बंगलादेश गएका छन् ।
बंगलादेशका लागि ५ सय ८४ जना विद्यार्थीले इलिजिबिलिटी प्रमाणपत्र लिएका छन् । दोस्रो नम्बरमा एम बिबि एसका लागि धेरै विद्यार्थी जाने देशमा चीन पर्छ । यसवर्ष १ सय ६० जना विद्यार्थीले चिनमा एबबिबिएस गर्नका लागि इलिजिबिलिटी प्रमाणपत्र लिएका छन् ।
पिजीका लागि यस वर्ष चिनमा १ सय ९५ जना र फिलिपिन्सका लागि ५८ जनाले इलिजिबिलिटी प्रमाणपत्र लिएका छन् । कतिपय विद्यार्थीहरु इलिजिबिलिटी प्रमाणपत्र नलिएर पनि विदेश पढ्न गएको बताइएको छ ।



0 comments
Write Down Your Responses