• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, English, Latest Updates, News, Photo, Tourism » ताप्लेजुङमा भारी हिमपात, जनजीवन प्रभावित
ताप्लेजुङमा भारी हिमपात, जनजीवन प्रभावित


काठमाडौं, १७ पुस । गएराति बिहिबार दिउँसो देखी झमझम पानी परेसँगै चिसोका कारण ताप्लेजुङका हिमाली क्षेत्रमा हिमपात सुरु भएको भएको हो । ताप्लेजुङमा हिजो १ दशमलव २ मिलिमिटर वर्षा भएको थियो । ३ हजार ७ सय ९४ मिटरको उचाईमा रहेको पाथिभरामा एक फिटसम्म हिमपात भएको छ । 

हिमपात भए पछी 
माथिल्लो फेदिसम्म हिउँ झर्दा होटल व्यवसायीसमेत प्रभावित बनेका छन् । हिमपातका कारण ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला र फलेलगायतका जिल्लाको माथिल्लो क्षेत्रको जनजीवन प्रभावित बनेको छ भने प्रशिद्ध तीर्थस्थल पाथिभरामा पनि हिमपात भएको छ । माथिल्लो क्षेत्रका बस्तीमा बाक्लो हिमपात भएसँगै सदरमुकाममा पनि चिसो ह्वात्तै बढेको छ । चिसोको असर बृद्धबृद्धा, बालबालिका तथा पशुपंक्षीमा घर पालुवा जनवारमा बढी परेको छ ।

Labels: BreakingNews, English, Latest Updates, News, Photo, Tourism

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State