• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, News » तपाईको आजको राशिफल
तपाईको आजको राशिफल

वि.सं. २०७२ साल माघ १५ गते। शुक्रबार। इश्वी सन् २०१६ जनवरी २९ तारिख। नेपाल संवत् ११३६ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– पञ्चमी, १३:०३ बजेउप्रान्त षष्ठी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesप्रयत्न गर्दा राम्रो फाइदा उठाउन सकिनेछ। अरूको हातमा गइसकेको धनसमेत फिर्ता हुन सक्छ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। (नेपाली पात्रो)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusअप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। व्यापार-व्यवसायमा त्यति फाइदा नहुन सक्छ। तापनि, लगनशीलताले उपलब्धि दिलाउनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट केही लाभ मिल्न सक्छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। (नेपाली पात्रो)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiपरिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। आमाको माध्यमबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि आम्दानी बढाउन सकिनेछ। (नेपाली पात्रो)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार पनि प्राप्त हुने समय छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। (नेपाली पात्रो)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoकाम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । लेनदेनमा विवाद हुने सम्भावना छ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। प्रयत्न गर्दा रोकिएका काम सम्पादन हुनेछन्। विगतको श्रमबाट लाभ लिन सकिनेछ। (नेपाली पात्रो)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoहिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ। अध्ययनमा सामान्य ज्ञान लिन पनि निकै मेहनत गर्नुपर्ला। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिन सक्छ। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। (नेपाली पात्रो)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraप्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। (नेपाली पात्रो)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। अचल धनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ। (नेपाली पात्रो)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusप्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। अरूको विश्वासमा पर्दा अलि धोका हुन सक्छ। (नेपाली पात्रो)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornश्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। विविध चुनौती सामना गर्नुपर्दा दिक्दारी बढ्न सक्छ। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला, श्रमको उपलब्धि हात पार्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusस्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आस मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुने समय छ। (नेपाली पात्रो)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesपरिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ। (नेपाली पात्रो)

Labels: Articles, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State