इटहरी तालतलैया नजिकैको जंगलमा महिलाको हत्या
पुस २१, इटहरी, इटहरी वडा नं. २ को शान्तिनगरी सामूदायिक वन क्षेत्रको तालतलैयामा अन्दाजी ३५ वर्षीया महिलाको हत्या गरेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
डिएसपी ओम अधिकारीका अनुसार महिलाको घाँटीमा धारिलो हतियारले रेटेर हत्या गरिएको जानकारी दिएको छ।
इटहरीको तालतलैयामा विभिन्न स्थानबाट पिकनिक खान, पर्यटकसँगै प्रेम सम्बन्धमा गासिएका जोडीसमेत आउने हुदाँ आवेशमा आएर हत्या गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
हत्या गरिएको महिला नजिकै ब्याग भएपनि सो ब्यागमा पहिचान खुल्ने कुनै चिज नभएकाले गर्दा पहिचान गर्न सकिएको छैन। शान्तिनगरी सामूदायिक वन आसपासका बासीन्दाले भने स्थानीय बासीन्दा नभएको बताएका छन् ।



0 comments
Write Down Your Responses