• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, Latest Updates, News » काठ तस्करी गर्दागर्दै रंगेहात एमाले नेता पक्राउ
काठ तस्करी गर्दागर्दै रंगेहात एमाले नेता पक्राउ

पुस २२, सिन्धुली- सिन्धुली स्थित कल्पबृक्ष गाउका स्थानीय बासीहरुले अबैधरुपमा काठ तस्करी गर्दै गरेका नेकपा एमाले सिन्धुली जिल्ला कमिटीका सदस्य तथा १२ नं. इलाका इन्जार्ज देबबहादुर घिसिङ र चन्द्र बहादुर माझिलाई समाएर प्रहरीलाई बुझाएका छन् । 

घिसिङ र माझिलाई अबैध काठ सहित कल्पबृक्ष–१ भेग्टेबाट कपिलाकोट प्रहरीले प्रक्राउ गरि नियन्त्रणमा लिएको जिल्ला बन कार्यालय सिन्धुलीका मुद्दा शाखाका कर्मचारी खिलबहादुर श्रेष्ठले जानकारी दिएका छन् । ना २ त ६५७० नम्बरको ट्याक्टरमा काठ लोड गरेर लैजाँदै गरेको अवस्थामा ३० थान कडी करिब २५ क्युफिट काठ सहित जिल्ला नेता घिसिङ र माझीलाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रण लिएको थियो। उनीहरुलाई अनुसन्धानको लागि जिल्ला बन कार्यालयमा बुझाइएको छ। उनीहरुबाट बा ६० प ७५८ नम्बरको २२० सीसीको पल्स मोटसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Labels: BreakingNews, Latest Updates, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State