• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, News » यो हप्ता कस्तो छ त ? तपाईको यो हप्ताको राशिफल
यो हप्ता कस्तो छ त ? तपाईको यो हप्ताको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

Aries
प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ। टाढिएका आफन्तहरू नजिकिन सक्छन्। शिक्षा र बौद्धिक क्षेत्रमा उन्नति हुनेछ। कामको राम्रै मूल्यांकन हुनाले तपाईंको प्रतिभाको धेरैले तारिफ गर्नेछन्। प्रतिस्पर्धीलाई कमजोर ठान्दा अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। रमाइला ठाउँको भ्रमण गर्ने मौका छ। कृषि तथा व्यापारमा राम्रो फाइदा होला। सप्ताहान्तमा मनग्य धनलाभ हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

Taurus
सुरुमा केही चुनौती देखिए पनि मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ। प्रतिपक्षीहरूले पनि काममा सहयोग जुटाउन सक्छन्। तर, अरूको मात्र भर पर्नाले तपाईंको महत्वाकांक्षा पूरा नहुन सक्छ। घर–परिवारमा असमझदारी बढ्नाले विशेष अवसर गुम्न सक्छ। विहीबारदेखि स्थितिमा सुधार आउनुका साथै रोकिएका काम बन्न सक्छन्। प्रतिस्पर्धीहरूले हार खानेछन्। आर्थिक पक्ष पनि सबल बन्नेछ। रमाइला क्षणको सहयात्री बन्न सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

Gemini
पहिलेको सम्झौताले विवाद निम्त्याउन सक्छ। ईर्ष्या गर्नेहरूले काम बिगार्न सक्छन्। तापनि बोलीको माध्यमले लाभ उठाउन सकिनेछ। बिस्तारै प्रशंसकहरू बढ्नेछन्। प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायमा राम्रै फाइदा हुनेछ। सप्ताहान्तमा परिवारिक असमझदारीले काम रोकिन सक्छ। घरायसी अलमलले पठनपाठनमा समय दिन नसकिएला। व्यापार-व्यवसायमा सामान्य लाभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

Cancer
सुरुमा लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला। तर, स्वास्थ्य एवं बोलीको कारणले विवादमा परिने योग छ। हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोला। विहीबारदेखि सहयोगीहरूले फाइदा दिलाउनेछन्। टाढिएका आफन्त नजिकिन सक्छन्। चिताएका काममा राम्रै फाइदा हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

Leo
सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। तर, असन्तुलित खानपानले पेटको समस्या आउने समय छ। केही समयलाई वादविवादबाट टाढै रहनु बेस हुनेछ। अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ। उपहारका नाउँमा काम नलाग्ने वस्तुमात्र हातलागी हुन सक्छ। मानसम्मानमा पनि आघात पुग्न सक्छ। सप्ताहान्तमा परिस्थिति अनुकूल बन्नुका साथै काम दोहोर्याउँदा लाभ हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

Virgo
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन् । मंगलबार र बुधबार भने आर्थिक अभावले सताउन सक्छ। सोचेको काम समयमा नबन्नाले दुःख पाइनेछ। भोजभतेरको निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउन सक्छ। मेहनत गर्दा अवसर भने पाइनेछ। आतिथ्यपूर्ण सम्मानका बीच स्वादिष्ट भोजनको आनन्द मिल्ने समय छ। सत्कार्यका माध्यमबाट औंलो ठड्याउनेहरूलाई जवाफ दिन सकिनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

Libra
सुरुमा अरुको दबाबमा परी पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ। आफ्नो क्षेत्रमा विश्वास जित्न सकिनेछ। भूमि वा पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ। नयाँ व्यवसाय सुरु गर्ने मौका छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। बिहीबारपछि भने खर्च बढ्ने र काम रोकिने सम्भावना छ। तापनि, सप्ताहान्तमा पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

Scorpion
विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ। आध्यात्मिक ज्ञानले दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्। प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। सप्ताहान्तमा खर्च बढ्ने र काम बिग्रने डरले सताउन सक्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

Sagittarius
प्रयास गर्दा अप्ठ्यारो परिस्थितिबाट जोगिन सकिनेछ। कामको बोझ भने थपिने सम्भावना छ। तापनि सहयोगीहरूले साथ दिनेछन्। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। मंगलबारदेखि स्थिति अनुकूल बन्नुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ। योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने चेष्टा गर्नुहोला। सप्ताहान्तमा प्रशस्त फाइदा हुनेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

Capricorn
सुरुमा रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। विवादले काम बिग्रन सक्छ। आर्थिक पक्ष पनि कमजोर बन्ने देखिन्छ । अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ । शुभचिन्तकहरूले साताभरि साथ दिनेछन्। साप्ताहान्तमा आस मारेको काम बन्न सक्छ। सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले कीर्तिमान दिलाउन सक्छ। मानसम्मान समेत पाइने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

Aquarius
कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। अनावश्यक क्षेत्रमा ध्यान दिनाले झमेला आइपर्ला। मनको डरले पनि सताउन सक्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ। मंगलबारदेखि प्रतिकूल परिस्थितिमा पनि साथ दिनेहरू भेटिनेछन्। मेहनतले परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ। प्रेमको नाटक गर्नेहरूले धोका दिन सक्छन्। साताको अन्त्यमा स्वास्थ्य कमजोर रहनुका साथै काम बिग्रने डरले सताउन सक्छ

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

Pisces
मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ। प्रतिष्ठा र अधिकारका लागि संघर्षमा उत्रनुपरे पनि प्रतिस्पर्धीहरूलाई सजिलै हराउन सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिने सम्भावना छ। भौतिक साधन जुट्नाले रोकिएको काम बन्नेछ। नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ।
- See more at: http://www.imagekhabar.com/info/rashifal#sthash.kR8Dil7v.dpuf

Labels: BreakingNews, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State