• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Health, Videos » खतरनाक रोग “एन्थ्रेक्स”बाट ४० पशु मरे-सतर्क रहनुहोस
खतरनाक रोग “एन्थ्रेक्स”बाट ४० पशु मरे-सतर्क रहनुहोस

पुस ५, पाल्पा– पूर्वी पाल्पाको गल्धा गाविस–७ मा पहिलो पटक पशुमा लाग्ने एन्थ्रेक्स तथा पड्केनामक महामारीको रोग देखापरेको छ । पड्के अर्थात् एन्थ्रेक्स नामक रोग पशुबाट मानिसमा सर्ने गर्दछ । पशुमा फाट्टफुट्ट देखिने यो रोग यस क्षेत्रमा पहिलो पटक देखापरेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका प्रशासक राजेन्द्र घिमिरेले बताए । 

लामो समयदेखि गाउँमा पशु मरेको भए पनि रोगको पहिचान हुन नसक्दा आइतबार एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको ल्याब टेस्टबाट एन्थे्रेक्स भएको पुष्टी गरेको घिमिरेले उल्लेख गरे । स्थानीयस्तरमा पशुमा रहेको यो रोग मानिसमा महामारीका रुपमा फैलनसक्ने सम्भावनालाई मध्यनजर गर्दै क्षेत्रीय कार्यालय पोखरा र पाल्पाको विशेष टोली खटाइने भएको छ । 

पशुमा हुने यसको ब्याक्टेरिया कुनै कारणले मानिसको पेटभित्र र टाउकोमा पुग्यो भने मानिसको ज्यानै जाने सम्भावना रहने प्रमुख घिमिरेले बताए । यसको ब्याक्टेरियाबाट निमोनिया, खकारमा रगत देखापर्ने, बान्ता हुने, ज्वरो आउने लक्षण देखापर्ने स्वास्थ्य विशेषज्ञ बताउँछन् । पशुबाट मानिसमा सर्न नदिन अहिले सर्तकता अपनाइएको छ । 

स्थानीयस्तरमा कसैमा ज्वरो, खोकी, अकस्मात्, झाडापखाला, पेट दुख्ने, खकार आइरहने, खकारमा रगत देखापर्ने लक्षण देखापरेमा स्वास्थ्यकर्मीसँग सम्पर्कमा रहन आग्रह गरिएको छ । जिल्लाका मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजलाई पनि रोगका बारेमा पत्राचार गरी जानकारी दिएको उनले बताए । 

साउन महिनादेखि यता सो ठाउँमा गाईभैसी र गोरु गरेर ४० पशु मरेको जिल्ला पशु कार्यालय पाल्पाले जनाएको छ । गत साउन महिनादेखि नै पशुमा यो रोग देखिए पनि रोगको पहिचान हुन नसक्दा ल्याबटेस्ट गरेपछि अहिले एन्थ्रेक्सको पुष्टी भएको हो । रासस
सावधानीका लागि तलको भिडियो हेर्नु होला 

सावधानीका लागि तलको भिडियो हेर्नु होला सावधानीका लागि तलको भिडियो हेर्नु होला र न्युज शेयार गर्नु होला

Labels: Articles, BreakingNews, Health, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State