• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, Latest Updates, News » एउटा महिला कति सम्म निच हर्कत गर्न सक्छ, पद्नुस ..
एउटा महिला कति सम्म निच हर्कत गर्न सक्छ, पद्नुस ..

२० पुस, काठमाडौं, आफूलाई काठमाडौंको ठुला ठुला हस्पिटलका डाक्टर र डिआइजीकी छोरी बनाएर अरुलाई ठगी गर्दै आएकी गुल्मी हस्तिचौर ९ घर भएकी २३ वर्षे भगवती केसीलाई ठगीको आरोपमा सिनामंगल प्रहरीले पक्राउ गरेको छ । 

उनले डाक्टर सुहाना, अदिती र सृष्टि केसी नाम बताएर राजधानी लगायत नेपालका विभिन्न ठाउँका डाक्टर, कलाकार, युवा तथा होटल व्यवसायीलाई ठगेको प्रहरीले दावी गरेको छ । उनले प्रयोग गर्ने ९ वटा मोबाइल नम्बर समेत प्रहरीले सार्वजनिक गरेको छ । 

प्रहरीको अनुसन्धानबाट खुलेका कुराहरु : \

१. ठगी गर्नको लागि डाक्टर सुहाना केसी नामको नक्कली फेसबुक आइडी, नक्कली भाइवर नम्बर प्रयोग गर्नुका साथै विभिन्न व्यक्तिहरुको कागजपत्र र फोटो राखी एनटिसी र एनसेलका सिमहरु प्रयोग गर्ने गरेको । 

२. विभिन्न होटलमा गई आफूलाई डिआइजी सनत केसीको छोरी हूँ भनि परिचय दिई होटलको बिल नतिरी ठगी खाएको, बिभिन्न स्टोरबाट सामान लिई ठगी गरेको, अन्य ब्यक्तिलाई म डिआइजी हुँ मेरो छोरीको रेख देख गरिदिनु भनि फोन गर्न लगाएको । 

३. १ वर्ष अगाडी पोखराका विभिन्न अस्पतालहरुमा चिकित्सक बनेर बिरामीलाई चेकजाँच गरेको बाहाना बनाउनका साथै डाक्टरहरुलाई समेत बिवाह गर्ने भनिसँगै बसी ठगी गर्दै आएको खुलेको । 

४. २०७२ वैशाख १३–१४ काठमाडौं प्रवेश गरी विभिन्न डाक्टर, युवा तथा होटलमा ठग्दै आएको । 

५. मिति २०७१।०६।२६ गते डाक्टर हुँ भनि वैवाहिक सम्बन्ध राख्ने प्रयास गरेकोमा बिवाद हुँदा प्रभाग सातदोबाटोमा १ रात थुनामा रहेको ।

Labels: BreakingNews, Latest Updates, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State