• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, News, Politics » स्वाधीन मधेस गठबन्धनका तीनजनामाथि राज्यविरुद्धको अपराध मुद्दा
स्वाधीन मधेस गठबन्धनका तीनजनामाथि राज्यविरुद्धको अपराध मुद्दा

पुस २०, लहान, सिके राउत नेतृत्वले स्वाधीन स्वतन्त्र मधेस गठबन्धन आन्दोलनमा आबद्ध तीनजना नेता कार्यकर्तामाथि सिरहा प्रहरीले राज्यविरुद्ध अपराध तथा कसुर सजाय ऐनअन्तर्गत मुद्दा चलाएको छ। सिरहाको लहान नगरपालिकाबाट शनिबार पक्राउ परेका गठबन्धनका तीनजनामाथि इलाका प्रहरी कार्यालय, लहानले राज्यविरुद्ध अपराध तथा कसुर सजाय ऐनअन्तर्गत मुद्दा चलाई आवश्यक कारबाहीका लागि विशेष अदालत काठमाडौँ पठाइएको जिप्रका, सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनु भएको छ ।

प्रहरीले सिरहाको धनगडीमाई नगरपालिका विष्णुपुरकट्टी निवासी ४० वर्षीय चन्देश्वर महतो, लहान नगरपालिका– ८ निवासी ३० वर्षीय विष्णुदेव चौधरी, २२ वर्षीय सन्तोष महतो, लहान नगरपालिका– २१ निवासी २० वर्षीय रमेश महतो र सोही नगरपालिका– १३ निवासी २६ वर्षीय सुदीपराज कुशवाहालाई पक्राउ गरेको थियो । 

 पक्राउ परेकामध्ये चन्देश्वर महतो, विष्णुदेव चौधरी र सुदीपराज कुशवाहा राष्ट्रिय अखण्डतामाथि आँच आउने गतिविधिमा संलग्न रहेको अनुसन्धानका क्रममा पाइएकाले उनीहरुमाथि राज्यविरुद्ध अपराध तथा कसुर सजाय ऐनअन्तर्गत मुद्दा चलाएको प्रहरी उपरीक्षक ज्ञवालीले बताए। उनीसँगै पक्राउ परेका सन्तोष महतो, रमेश महतोलाई तत्काल निर्देष देखिएकाले छाडिएको छ ।

Labels: BreakingNews, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State