नया इतिहास, २३ वर्षपछी अन्तराष्ट्रिय फुटबल उपाधि जित्यो !
माघ ८, काठमाडौं । नेपालले २३ वर्षपछि अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा बहराइनलाई ३-० गोल अन्तरले पराजित गर्दै बङबन्धु कप फुटबलको उपाधि जितेको हो ।
यो २३ वर्षपछि नेपालले जितेको अन्तराष्ट्रिय फुटबल उपाधि समेत हो । यसअघि नेपालले १९९३ मा साफ गेम्समा स्वर्ण जितेको थियो ।
ढाकामा भएको खेलमा नेपालले ५ औं मिनेटमा नै विमल घर्ती मगरले गोल गरे । विराज महर्जनको क्रसमा अन्जन विष्टले हेड गरेका थिए । उनको हेड बल बहराइनका गोलरक्षकले हाफ क्लियर गरे ।
खेलको ८१ औं मिनेटमा दुबै टीम १० खेलाडीमा सिमित भए । नेपालका सुमन लामाले रातो कार्ड पाए । विक्रम लामा र बहराइनका खेलाडीबीचको विवादमा सुमन झगडा गर्न पुगेका थिए ।
तर, अन्तिममा नेपाल दोस्रो गोल गर्न सफल भयो ।
अन्जन विष्टको उत्कृष्ट पासमा विशाल राईले गोल गरेका हुन् । लगतै नवयुग श्रेष्ठले गोल गर्दै नेपाललार्इ ३-० को शानदार जित दिलाए ।
नेपालका स्ट्राइकर नवयुग श्रेष्ठ मोस्ट भ्यालुएवल प्लेयरका साथै टप स्कोरर बने । उनले ह्याट्रिकसहित चार गोल गरे । नेपालका विमल घर्ती मगर म्यान अफ दि फाइनल घोषित भए ।
नेपालले शुक्रबार इतिहास रच्दै २३ वर्षपछि अन्तराष्ट्रिय फुटबलको उपाधि जित्यो ।
बहराइनलाई ३-० ले हराउँदै बङ्गबन्धु गोल्डकपको उपाधि जित्दा सबै खेलाडीहरुले आफ्नो भूमिकामाथि न्याय गरेका छन् ।
यो ऐतिहासिक सफलताको श्रेय टीमका हरेक सदस्यलाई जान्छ । फुटबल आफैंमा ‘टीम गेम’ भएकाले सबै सदस्य विजेता हुन् र जितका भागीदार पनि ।
यद्यपि, उनीहरुमध्ये पनि कोही अलि धेरै चम्किए त कोही अलि कम । प्रतियोगीतामा धेरै चम्केका पाँच नेपाली खेलाडीहरु यी हुन्:
२३ वर्षपछि नेपाललाई अन्तराष्ट्रिय फुटबलको उपाधि दिलाउन सफल नेपाली टोलीका सदस्यहरुले जनही ७ लाख रुपैयाा पुरस्कार पाउने भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले टीमका प्रत्येक सदस्यलाई जनही ५ लाख दिने घोषणा गरेको हो । यसैगरी राष्ट्रिय खेलकुद परिषदले च्याम्पियन टोलीका खेलाडीलाई जनही २ लाख दिने बताएको छ ।
१. नवयुग श्रेष्ठ
१. नवयुग श्रेष्ठ
नवयुग श्रेष्ठले लामो समयपछि नेपाली टोलीमा मौका पाए । नेपाली फुटबलमा लामो समयदेखि अनिल गुरुङ, जुमानु राई र सन्तोष साहुखल छाएका थिए । तर, साफ गेमको तयारीका क्रममा जुमानु टीममा परेनन् भने सन्तोष फुटबल छोडेर जापानतिर लागे ।
अनिलले साफ च्याम्पियनसिप त खेले तर, प्रशिक्षक बालगोपाल महर्जनले योपटक साफ गेम्सलाई हेरेर टीम बनाउँदा अनिल पनि अटाएनन् ।
सिनियर स्ट्राइकरको अनुपस्थितिमा नवयुगले स्थान पाए र ऐन मौकामा आफूलाई प्रमाणित पनि गरेर देखाए । आर्मी टिमबाट व्यवसायिक फुटबल खेल्ने उनले सेमिफाइनलमा माल्दिभ्सविरुद्ध हृयाट्रिक गरे, जुन आफैंमा रेकर्ड हो । र, उनका तीनवटै गोल दर्शनीय थिए ।
अन्तर्राष्ट्रिय फुटबलमा हृयाट्रिक गर्ने नवयूग पाँचौ नेपाली फुटबलर बनेका छन् । फाइनलमा पनि गोल गर्दै उनले सावित गरे कि मालदिभ्सविरुद्धको ह्याट्रिक कागताली मात्रै थिएन । उनी प्रतियोगीताकै उत्कृष्ट फुटबलर र टप स्कोरर पनि बनेका छन् ।
२. बिमल घर्ती मगर
काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध गोल गरेपछि विमल एकाएक हिरो भएका थिए । त्यहि एउटा गोलले उनी फुटबल समर्थकदेखि विदेशी क्लबको नजरमा परे ।
यो बीचमा उनले विदेशी क्लबमा ट्रेनिङ लिने र अभ्यास गर्ने मौका पनि पाए । जसले उनलाई झन् निर्खार्दै गर्यो । उनकै नेतृत्वमा नेपालले यू-१९ साफ च्याम्पियनसिप समेत जितेको थियो ।
बङ्गबन्धु गोल्डकपमा समूह चरणमा नेपालले श्रीलंकालाई १-० ले हरायो । जसमा एक मात्र निर्णायक गोल उनकै बुटबाट निस्किएको थियो । फाइनलमा बहराइनविरुद्ध पनि बिमलले नै पाँचौं मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाए । खेलको अन्तिममा नवयुग श्रेष्ठले गरेको हेड गोलमा समेत विमलले नै उत्कृष्ट पास मिलाइलिएका थिए ।
नेपाली फुटबलमा अन्तर्राष्ट्रिय गोलको खडेरी तोड्ने श्रेय पनि यिनै विमललाई जान्छ । साफ च्याम्पियनसिपमा उनले शक्तिशाली भारतविरुद्ध पहिलो गोल निकालेर लामो समयदेखिको खडेरी तोडेका हुन् ।
यद्यपि, सो म्याचमा नेपाल पराजित भएको थियो । १९ वर्षका कलिला विमलले सम्भवतः नेपाली फुटबललाई धेरै थोक दिन बाँकी नै छ ।
३. अन्जन विष्ट
अन्जन नेपाली टीमले हात पारेको यो सफलताको ‘प्ले मेकर’ हुन् । आफैं गोल गर्न नसके पनि हरेक खेलमा उनको प्रदर्शन लोभलाग्दो रहृयो ।
फाइनलमा नेपालले गरेको दोस्रो गोलमा त उनले मेस्सीको झल्को देखाए । विपक्षी खेलाडी भन्दा निकै टाढा रहेका उनले दौडिएर बल खोसेनन् मात्र, डि-बक्सभित्र एकपछि अर्का खेलाडीलाई छक्याउँदै विशाल राईलाई निकाले । अनमार्क रहेका विशालले जसलाई सहजै त्यसलाई गोलमा परिणत गरिदिए ।
यसअघि बहराइनविरुद्ध बिमलले गरेको गोलमा पनि उनको योगदान छ । कप्तान विराज महर्जनले दिएको पासमा अन्जनले हेड गर्दा गोलकिपरले रोके र रिबाउन्डमा विमलले गोल हाने ।
यू-१९ टोलीबाट पनि अन्जनले नेपालका लागि तारिफयोग्य प्रदर्शन गरेका थिए । यू-१९ मा उनको र विमलको जोडी निकै चम्केको थियो ।
४. विकेश कुथू
बङ्गबन्धु कपमा नेपालले एक खेल पनि नहारिकन च्याम्पियन बन्यो । सेमिफाइनलमा ४ र फाइनलमा ३ सहित नेपालले ८ गोल गर्यो । नेपालको पोष्टमा एक मात्र गोल माल्दिभ्सले गरेको थियो ।
यो प्रदर्शनमा नेपाली गोलरक्षक कुथूको प्रदर्शन उत्कृष्ट रहृयो । मध्यपूर युथ क्लबबाट चर्चामा आएका उनले पछिल्लो समय आर्मीबाट खेल्ने क्रममा राष्ट्रिय लिगमा पनि शानदार प्रदर्शन गरेका थिए ।
यो पटक किरण चेम्जोङको स्थानमा कुथू टीममा परे र उनले आफू नेपालको नम्बर १ गोलकिपर भएको सावित गरिदिए । उनले सेमिफाइनल र फाइनलमा समेत केहि उष्कृष्ट बचाउ गरेका थिए ।
५. बालगोपाल महर्जन
नेपाली फुटबलले रचेको इतिहासका रचनाकार हुन् बालगोपाल महर्जन । राष्ट्रिय खेलाडी हुँदै प्रशिक्षक बनेका उनले लगातार दुई ठूला उपाधि दिलाए । केहि महिना पहिले यू-१९ साफको उपाधि दिलाएका उनले शुक्रबार ढाकामा अर्को इतिहास रच्दै बङगबन्धु कपको उपाधि जिताए ।
यो उपाधि मात्र थिएन, २३ वर्षपछि नेपाली फुटबलमा फर्किएको खुसी थियो । अझ रोचक त के छ भने नेपालले २३ वर्ष पहिले साफ गेम्समा स्वर्ण जित्दा उनी नेपाली टोलीका सदस्य थिए ।
त्यसबेला बालगोपालसँगै नेपाली टीममा गोलरक्षकको भूमिका रहेका उपेन्द्रमान सिंह अहिले पनि बालगोपालसँगै यो जितको हकदार रहे । उनी अहिले नेपाली टोलीको गोलकिपिङ कोच हुन् ।
उत्कृस्ट खेलाडी
उत्कृस्ट खेलाडी
नेपालका स्ट्राइकर नवयुग श्रेष्ठ बंगलादेशमा सम्पन्न बङ्गवन्धु गोल्डकप फुटबलका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाललाई २३ वर्षपछि अन्तराष्ट्रिय फुटबलको उपाधि दिलाउने क्रममा नवयुगको प्रदर्शन उत्कृष्ट रहृयो । उनी प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर घोषित भए । साथै उनी टप स्कोरर समेत बनेका छन् ।
सेमिफाइनलमा माल्दिभ्सविरुद्ध हृयाटि्रक गरेका नवयुगले फाइनलमा समेत एक गोल गरेका थिए । प्रतियागितामा उनले कुल चार गोल गरेका थिए ।
नेपालका विमल घर्ती मगर म्यान अफ दि फाइनल घोषित भए । फाइनलमा बहराइनविरुद्ध पहिलो गोल उनले नै गरेका हुन् । यो प्रतियोगितामा उनले कुल दुई गोल गरे ।
bangabandhu gold cup 2016, nepal baharain final match, nepal won the match, football news
-अनलाइन
bangabandhu gold cup 2016, nepal baharain final match, nepal won the match, football news
-अनलाइन




0 comments
Write Down Your Responses