जनतालाई खुलेआम ठग्दै नेपाल आयलनिगम
माघ ९, काठमाडौं, सरकारी स्वामित्वको नेपाल आयल निगम (एनओसी)ले उपभोक्तामाथि खुलेआम बह्मलुट मच्चाउँदै आएको पाइएको छ । एकपछि अर्को गरी दर्जनौ शीर्षकमा खर्च देखाउने, बार्षिक रुपमा कर्मचारीहरुलाई भारि बोनस बाड्ने, ऋण तिर्न बाकि छ भन्दै सरकारसंग अनुदान माग्ने र त्यसले पनि नपुगेर सीमावर्ती बजारमा भन्दा नेपाली बजारमा इन्धनको मूल्य सस्तो हुन नहुने भन्ने झुटो प्रचारबाजी गरेर निगम र त्यसको उच्च नेतृत्व वर्षौदेखि उपभोक्तालाई ठगिरहेको छ ।
निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले निगमले परल मूल्यभन्दा पनि भारतीय सीमावर्ती बजारको मूल्यलाई आधार मानेर नेपालमा मूल्य निर्धारण गर्ने गरेको बताए जो ज्यादै अबैज्ञानिक र भ्रस्ट नियतबाट पूर्ण रुपमा प्रेरित छ ।
एनओसीको खरिद तथ्यांकअनुसार रक्सौलबाट प्रतिलिटर पेट्रोलको मूल्य ३९ रुपैयाँ ९४ पैसा, डिजेलको ३३ रुपैयाँ ५७ पैसा र मटि्टतेलको ३८ रुपैयाँ ८४ पैसा, हवाई इन्धनको ३७ रुपैइाँ ९३ पैसा र एलपी ग्यासको प्रतिसिलिन्डर एक हजार ६३ रुपैयाँ पर्दछ ।
तर, निगमले उपभोक्ताबाट भने प्रतिलिटर पेट्रोलमा ९९ रुपैयाँ, डिजेल र मटि्टतेलमा ७५ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ एक सय ६४ रुपैयाँ ८८ पैसा र एलपी ग्यास एक हजार चार सय रुपैयाँमा बिक्री गर्दै आयल निगम (एनओसी)ले उपभोक्तामाथि खुलेआम बह्मलुट मच्चाउँदै आएको पाइएको छ ।



0 comments
Write Down Your Responses