• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
» विश्वमा बिकाराल रुप लिदैछ जिका भाइरसले, बचौं (लक्षण, जोखिम र जोगिने उपाय जानी राखौं)
विश्वमा बिकाराल रुप लिदैछ जिका भाइरसले, बचौं (लक्षण, जोखिम र जोगिने उपाय जानी राखौं)

माघ १७, काठमाडौं । पछिल्लो समय अमेरिकी मुलुकहरुमा देखिएको जिका भाइरसले महामारीको रुप लिने संकेत देखिएको छ । रोगले नवजात शिशुको स्नायुमा असर गर्ने र विश्वव्यापी रुपमा सर्न थालेपछि यस रोगप्रति चासो बढ्न थालेको छ । भाइरसले अत्याधिक त्रास उत्पन्न गरेको विश्व स्वस्थ्य संगठनका महानिर्देृशक मार्गेट चान बताउँछन् । डब्लुएचओले सार्वजनिक स्वास्थ्य संकटकालको समेत घोषणा गर्ने तयारी गरेको छ । 

एक प्रकारको लामखुट्टेबाट सर्ने यो रोग अहिले २४ मुलुकमा फैलिएको छ । आगामी वर्षसम्म अमेरिकामा यो भाइरसबाट ३० देखि ४० लाख मानिस संक्रमित हुने डब्लुएचओले गरेको छ । रोग नियन्त्रण तथा प्रवन्धन केन्द्रले गर्भवती महिलालाई रोग प्रभावित क्षेत्रमा भ्रमण नगर्न अनुरोध गरेको छ । त्यस्तै प्रभावित देशहरुमा महिलाहरुलाई गर्भवती नबन्न आग्रह गरिएको छ। अमेरिकी रक्षा मन्त्रालयले गर्भवती महिला कामदारलाई स्वेच्छिक स्थान्तरण र्ने बताएको छ । पछिल्लो पटक जिकाको अशर पेरुमा देखिएको छ। एक भेनेजुएलाका नागरिकमा यस्तो भाइरस देखिएको पेरुका स्वास्थ्यमन्त्रीले शुक्रबार जानाकारी दिए ।

के हो जिका भाइरस ? 
जिका भाइरस डेंगुजस्तै एक प्रकारको भाइरस हो । तर, अन्य भाइरस जस्तै यसबाट बच्न कुनै औषधी वा खोप बनिसकेको छैन । जिका भाइरसकै कारण भर्खरै जन्मिएका शिशुहरुको टाउको अस्वभाविक रुपमा सानो हुने गरेको छ। यही भाइरुसका कारण कतिपय शिशुको मृत्युसमेत हुने गरेको छ । नोभेम्बरदेखि ब्राजिलमा मात्र ४ हजार १ सय ८० शिशुहरु यस्तो असामान्य अवस्थमा जन्मिएका छन् । अहिलेसम्म ५१ शिशुको मृत्यु भएको छ । अमेरिकाका विभिन्न राज्यहरुमा यस्तो भाइरस देखिएको पुष्टि भइसकेको छ । इलिनोइसमा स्वस्थ्य अधिकारीहरले दुई ओटा गर्भवती महिलालाई अनुगमन गरिरहेका छन् । 


कसरी सर्छ जिका ? 
एईडेस नाम गरेको लामखुट्टेले एउटा सक्रीय संक्रमण भएको व्यक्तिलाई टोकेपछि यो रोग फैलिने गर्छ । उनीहरुमा लक्षण देखिएको अवस्थामा उनै मानिसहरु रोगको संवाहक बन्ने गर्छन् । अधिकांश मानिसहरुमा भाइरसको लक्षण मझौला प्रकारको हुन्छ । संक्रमणपछि बिरामीलाई ज्वरो आउन,े टाउको दुख्ने, र आखा रातो हुन्छ । वास्तवमा ८० प्रतिशत संक्रमितले आफूलाई जिकाको संक्रमण भएको पत्तो नै पाउदैनन् । यो भाइरस गर्भवती महिलाको एमिनियोटिक तरल पर्दाथमार्फत् सर्न थालेपछि यसको चासो झनै बढेको छ । ‘भाइरसले भ्रुणमा असर गर्छ,’ सीडीसी शाखाका निर्देशक डा लाईल पिर्टसन भन्छन् । यो भाइरस रगतको आदान–प्रदान, ल्याबमा गरिने एक्सपोज र यौन सम्पर्कबाट पनि सर्ने गरेको छ । सुत्केरी महिलाको दुधमा समेत यो भाइरस देखिएकोले स्तनपान गर्दा समेत यो भाइरस सर्ने विषयमा पुष्टि हुन बाँकी नै भएको बताइन्छ । यौन सम्पर्कबाट जिका सरेको दुईटा घटना देखिएका छन् । 

कहाँ कहाँ फैलियो ? 
अहिले जिका भाइरस स्थानीय रुपमा बारबोडस, बोलिभिया, ब्राजिल, केप भर्डे, कोलम्बिया, डोमिनिकन रिपब्लिक, इक्वेडर, एल साल्भाडोर, फ्रेन्च गुइएना, ग्वाटेमाला, गुयाना, हैटी, होन्डुरस, मेक्सिको, पानामा, पारागुवे, प्युरेटो रिको, सेन्ट मार्टिन, सुरीनेम, सामोअ, अमेरिकाको भर्जिना टापु , भेनेजुयला लगायतका देशहरुमा देखिएको छ । जिका संयुक्त राज्य अमेरिकामा पनि देखिएको छ । तर, रोग संक्रमित क्षेत्रबाट फर्किएका मानिसहरुमा मात्र । एइडेस एल्बोप्टिस वा एशियन टाइगर लामखुट्टे अहिले अमेरिका विभिन्न क्षेत्रमा फैलिएको छ । गर्भीमा मौसममा बसोबास गर्ने ६३ प्रतिशत अमेरिकी नागरिकमा यो रोग सर्ने हालै टोरोन्टोका अनुसन्धानकर्ताहरुले बताएका छन् । त्यस्तै ७ प्रतिशत अमेरिकीमा वर्षैभरी यो रोगको जोखिममा रहेको बताइन्छ ।

कसरी जोगिने ?
अहिलेसम्म कुनै उपचार वा खोपको व्यबस्था नभएसम्मै जिकाबाट बच्नु भनेको जिका प्रभावित क्षेत्रमा भ्रमण नगर्नु हो । यदि प्रभावित क्षेत्रमा भ्रमण गर्नै पर्यो भने विश्व स्वास्थ्य संगठन वा त्यहाँका स्थानीय अधिकारीहरुले ल्याएको लामखुट्टेबाट बच्ने उपायको पालना गर्नुपर्छ । प्रभावित क्षेत्रमा लामो पाइन्ट लगाउनुहोस, लामखुट्टेको टोकाईबाट बच्न बाक्लो लामबाहुले कमिज लगउनुहोस्, एसीयुक्त परीक्षण गरिएको कोठामा सुत्ने लगायतका उपाय अप्नाउन सकिन्छ । यदि तपार्इंलाई जिका संक्रमण छ भने तपाई आफैले पनि अरुलाई सर्नबाट जोगाउन सक्नुहुन्छ । होटल तथा घरका झ्यालहरुमा लामखुट्टे मारेर पनि यस संक्रमणबाट बच्न सकिन्छ । 

जिका रोक्न भइरहेका प्रयत्नहरु
जिकाबिरुद्धको खोपका लागि विश्वभरका प्रयोगशालामा अहिले विभिन्न प्रयासहरुमा जुटेका छन् वैज्ञानिकहरु । यसैवर्षको सुरुवातमा जिका खोप आविश्वकार हुने बताइए पनि अझै २÷३ वर्ष लाग्ने देखिएको छ । खोपको आविश्कार नहुन्जेलसम्म स्वास्थ्य अधिकारीहरुले परम्परागत लामखुट्टे नियन्त्रण प्रविधि जस्तै विषादीको समेत प्रयोग गर्ने योजनामा रहेका छन् ।
स्वास्थ्य खबर 
भिडियो हेर्न तल क्लिक गर्नुहोस

Labels:

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State