• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News » इटहरी तालतलैयामा मृत महिला को थिए ? कसले किन मारेका थिए ? पुरा पढनुहोस
इटहरी तालतलैयामा मृत महिला को थिए ? कसले किन मारेका थिए ? पुरा पढनुहोस

माघ १७, इटहरी । इटहरीको पर्यटकीय क्षेत्र तालतलैया नजिकैको जंगलमा २१ गते मंगलबार भेटिएको महिलाको शव नेपाली सेनाका जवानले हत्या गरी फालेको पुष्टि भएको छ ।हत्या इटहरी वडा नं. २ को शान्तिनगरी सामूदायिक वन क्षेत्रमा भोजपुर जरायोटार गाविस वडानम्वर ३ की शान्तीमाया राईको नेपाली सेनाका जवानले हत्या गरेको खुलासा भएको हो । भोजपुर चम्पे गाविस वडानम्वर ८ घर भई नेपाली सेनाको दुई नम्वर वाहिनी धनकुटामा कार्यरत दल गुल्म खादवारीका ३१वर्षिय सिपाहीले नवराज शाहिले महिलालाई तालतलैयामा लगी हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको हो । 

महिलालाई गत पुस १९ गते घुमाउँन भन्दै तालतलैया गएको र उनीहरु विच विवाद भए पछि झगडाको क्रममा महिलाको हत्या भएको इलाका प्रहरी कार्यलयका डीएसपी ओमप्रसाद अधिकारीले वताए । डीएसपीले भने महिलाको घाँटीमा नङकट र ढुङ्गा प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुलेको वताए । राईको श्रीमान ४ वर्ष देखि वैदेशिक रोजगारीको सिलसिलमा विदेश गएका थिए । उक्त महिला भोजपुरमा नै एक गेष्ट हाउस सञ्चालन गरेर वस्दै आएको प्रहरीको भनाई छ ।महिलाले गाउँमा पैसा ब्याजमा लगाउँने काम गदै आएको प्रहरी अनुसनधानले देखाएको हो । सेनाको जवान शाहि भोजपुर आउँदा जादा भोजपुरमा भेटघाट भई दुई वर्ष देखि प्रेम सम्वन्ध चल्दै आएको थियो । सेनाको जवान शाहि गत पुष १७ गते नै विदामा गएको थिए । उनीहरु भेडेटारमा भेटघाट गरी दुबै जना आएको शाहिले अनुसन्धानको क्रममा वताएका छन ।
यसको भिडियो हेर्न तल किल्क गर्नुहोस 

Labels: Articles, BreakingNews, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State