• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, international news, News » पतिको ऋण असुल्न पत्निसंग यौन सम्पर्क गर्ने पंचायतको फैसाला
पतिको ऋण असुल्न पत्निसंग यौन सम्पर्क गर्ने पंचायतको फैसाला

माघ ८, एजेन्सी, हालै भारतमा पञ्चायतले एक दम्पत्तिलाई आपत्तिजनक निर्णय सुनाएको छ । भारतको महाराष्ट्र राज्यमा पञ्चायतले पतिले लिएको ऋण असुल्न उनकी पत्निसँग यौन सम्पर्क गर्ने निर्णय सुनाएको हो ।
महाराष्ट्रको परभनी जिल्लामा एक जातीय पञ्चायतले उक्त निर्णय सुनाएको हो । आठजना पञ्चले पतिले लिएको ऋण असुल्न उनकी पत्नीले आफूहरुसँग यौनसम्बन्ध राख्नुपर्ने फैसला सुनाएका हुन् । पतिले लिएको ६ लाख ऋण तिर्न नसकेपछि त्यसको सजाय स्वरुप पत्निलाई उक्त फैसला सुनाएको हो ।
यद्यपी पञ्चायतको उक्त निर्णयलाई बदर गरिएको छ । पञ्चायतले सुनाएको उक्त फैसला बाहिर आएसँगै महाराष्ट्र अन्धश्रद्धा निर्मूलन समिति (एमएएनएस) ले हस्तक्षेप गरेर ती दम्पति न्याय दिलाउन अग्रसर भएको छ । साथै ती दम्पत्तिमाथि लगाइएको सामाजिक बहिष्कारको निर्णय पनि हटाइएको छ भने पञ्चायतको फैसलालाई भंग गरिदिएको छ ।

Labels: BreakingNews, international news, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State