• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News » रंगेली झडप-पुलिसको गोलि लागि मर्नेको संख्या ३ पुग्यो
रंगेली झडप-पुलिसको गोलि लागि मर्नेको संख्या ३ पुग्यो

विराटनगर, ७ माघ । मोरङको पूर्वी क्षेत्र रङ्गेली र डाइनियामा आज दिउँसो प्रहरीको गोली लागेर मोर्चाका तीन कार्यकर्ताको मृत्यु भएकोे छ । मृत्यु हुनेमा रङ्गेलीका ६२ वर्षीय धु्रवदी चौधरी, बरडङ्गा–२ का ४५ वर्षीय महादेव ऋुषिदेव र डाइनिया–९ का २५ वर्षीय शिवु माझी रहेको प्रहरीले जनाएको छ । माझीको डाइनियामा मोर्चाका कार्यकर्ताले बाटो अवरुद्ध गरेपछि प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । अन्य दुईको रङ्गेलीमा मृत्यु भएको हो । 

नेकपा (एमाले)निकट युवा सङ््घ नेपालले आज रङ्गेलीमा आयोजना गरेको तराई– संवाद र जनजागरण कार्यक्रमलाई बिथोल्न मोर्चाका कार्यकर्ता मञ्चतर्फ आउन खोज्दा स्थिति नियन्त्रण गर्नका लागि प्रहरीले लाठी प्रहार र दर्जनौँ राउन्ड अश्र्रुग्यास प्रहार गरेको थियो । अवस्था नियन्त्रणबाट बाहिर जान लागेपछि गोली चलाइएको प्रहरीले जनाएको छ । कडा सुरक्षाबीच सङ््घको कार्यक्रम भने सम्पन्न भएको छ । रासस
नेपाली पुलिसको ज्यादती हेर्नुहोस ---

रंगेली झडप भिडियो हेर्न तल क्लिक गर्नुहोस 

Labels: Articles, BreakingNews, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State