साउदीमा बन्धक रहेका नेपाली कामदारको उद्धारमा दूतावासको यस्तो कदम
माघ ४, साउदी अरब, साउदी अरबस्थित नेपालि कामदार कार्यरत एक कम्पनीमा बन्दी सरह जीवन बिताइरहेका नेपाली कामदारको उद्धारका लागि नेपाली दुताबासले पहल थालिएको छ । रियादमा रहेको नेपाली दूतावासले मोहम्मद अलमोजिल ग्रुप कम्पनी (MMG) मा बन्धक बनाइएका ५० नेपाली कामदारको उद्धार गर्न पहल थालेको हो ।
ती नेपाली कामदारलाई उद्धार गरी स्वदेश फिर्तीका लागि प्रक्रिया अघि बढाइएको साउदीका लागि कार्यवाहक नेपाली राजदूत आनन्दप्रसाद शर्माले जानकारी दिनुभयो ।
पटक–पटक आग्रह गर्दा पनि रोजगारदाता कम्पनीले अटेर गरेपछि पूर्वी क्षेत्रीय डेपुटी गर्भनर डा खालिद मोहम्मद अल बतल र श्रम कार्यालयका महानिर्देशक ओमर बिन साले अलअम्रीसँग भेटवार्ता गरी नेपाली कामदारको उद्धारका लागि पहल गरिएको शर्माले बताउनुभयो ।
पूर्वी क्षेत्रीय डेपुटी गर्भनर र श्रम कार्यालयका महानिर्देशकको निर्देशन पछि रोजगारदाताले नेपाली कामदारलाई स्वदेश फिर्ता पठाउन सहमत भएको हो ।
शर्माका अनुसार २१ नेपालीलाई स्वदेश फिर्तीका लागि भिसा प्रक्रिया अगाडि बढिसकेको छ । जसमध्ये नौ जनाको यही हप्ताभित्रै स्वदेश फर्कने व्यवस्था मिलाइएको र बाँकी १२ को अर्को लटमा व्यवस्था गरिएको दूतावासले जनाएको छ । तीन जना नेपालीलाई भने यसअघि नै उद्धार गरी स्वदेश पठाई सकिएकोे छ । नेपाल फर्कन नचाहेका बाँकी कामदारलाई भने अन्य कम्पनीमा सर्ने व्यवस्था मिलाइएको दूतावासले जनाएको छ ।
रोजगारदाता कम्पनीले यहाँको आवास अनुमतिपत्र (अकमा) नवीकरण नगरिदिँदा ती नेपाली कामदार एक वर्षदेखि बन्दी सरह जीवन बिताउन बाध्य भएका थिए । रासस



0 comments
Write Down Your Responses