कस्ता हुन्थे १७औं शताब्दीका शल्यक्रिया? (फोटो फिचर)
पुस ५, एजेन्सी– मानवीय संवेदनशील बिनाको शल्यक्रियालाई एक पटक कल्पना गर्नुहोस् त । मानिसका अंगलाई तरकारी काट्ने चक्कुले काटेर जनावर काटेझै काटेर उपचार गरेको कल्पना गर्न सक्नुहुन्छ ।
हो १७औं देखि १९ शताब्दीका अधिकांश शल्यक्रिया यस्तै हुने गर्थे । सन् १८४६ अगाडिसम्म कुनै पनि उपचार (विशेष गरी शल्यक्रिया पक्रिया ) निकै असम्बेदनशिल तरिकाले गरिन्थ्यो । मानौ त्यो दृश्य देख्दा पनि शरिर नै जिरिङ हुन्छ । विभत्स ढंगले शल्यक्रिया गर्नु त्यतिबेलाको एक प्रकारको मुल्य वा मान्यता नै थियो ।
शल्यचिकित्सकले बिरामीहरुलाई खुलम खुला काटिदिन्थे । हड्डी भाँचिदिन्थे । बिरामी पूर्ण रुपमा होसमा हुँदाहुदै पनि चिकित्सकहरुले उनीहरुका नशा वा धमनीलाई बाँधिदिन्थे ।
सन् १७औ, १८औ र १९ औं शताब्दीमा गरिने दुर्लभ शल्यक्रिया गरिने तरिका र त्यसको तस्बिरसहित एउटा नयाँ पुस्तक सार्वजनिक गरिएको छ ।
सो पुस्तकमा शल्यक्रिया गर्दाखेरीका विभत्स दृश्यहरुलाई देखाइएको छ । जस्तैः आखाको नानी कोपेको, दिमागलाई टुक्रा टुक्रा पारेको, खुट्टाको जोर्नी काटेका,े गर्भवती महिलाको गुप्तांगबाट जबरजस्ती बच्चा निकालिएको इत्यादि । यी तस्बिर आफैमा संवेदनशिल छन् । अधिकांश शल्यक्रिया चक्कु, रेन्जी, घन लगायतका घरेलु उपकरणहरुको प्रयोय गरिएको छ ।
क्रुसियल इन्टरभेन्सन नामक सो पुस्तक वेलकम कलेक्सन पुस्तकालयबाट लिइएको हो । चिकित्सक तथा इतिहासकार रिर्चाड बार्नेटले त्यसको बारेमा व्याख्या गरेका छन ।
१९औ शताब्दीमा शल्यक्रिया प्रयासनमा मुख्य सुधार भएका थिए । प्रविधिमा परिष्कृत, रंगीन रुपमा प्रस्तुती र छापिएका पृष्ठहरुमा वितरण गरिएको थियो ।
यसअगाडि चिरफार सम्बन्धि विज्ञ जोन हन्टरले शल्यक्रियालाई ‘निरर्थक विज्ञानको आत्मग्लानी दृश्य ’ बताएका छन् ।
शल्यक्रियाका क्रममा अधिकांश बिरामीहरु शल्यक्रियापूर्वका पीडा, संक्रमण, रक्तश्राबका कारण मर्ने गर्थे । पुस्तकमा उल्लेख गरिए अनुसार लन्डन अस्पतालमा शल्यक्रियापछि मात्र ८० प्रतिशत बिरामीको मृत्यु हुने गथ्र्यो ।
![]() |
| १७ औं सताब्दीको जिब्रोको सल्यक्रिया |
डेलीमेलबाट





0 comments
Write Down Your Responses