• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Entertainment, international news, News » सन्सार कै एउटा रहस्यमय गाउँ-जहा दिनै लाग्छ डडेलो र ध्वस्त हुन्छन् घरहरु
सन्सार कै एउटा रहस्यमय गाउँ-जहा दिनै लाग्छ डडेलो र ध्वस्त हुन्छन् घरहरु

माघ ७, काठमाडौ । यो दुनिया रहस्यको खानी नै हो भन्दा फरक पर्दैन, किनकी यहाँ मान्छेको बुद्धिले पर्गेल्नै नसकिने खालका धेरै ठाउँ छन् तथा घटनाहरु भैरहन्छन् । भारतको पश्चिम बंगालस्थित पुरुलिया जिल्लाको बेगुनकोदार रेलवे स्टेशन क्षेत्र पनि यस्तै रहस्यमय ठाउँ हो । 

मानिसहरु यसलाई भुताहा स्टेशन पनि भन्दछन् । अयोध्या हिलको नजिक रहेको यो स्टेशनलाई यदि तपाइँले गुगलमा खोज्नुभयो भने पनि विश्वको सबैभन्दा भुताहा रेलवे स्टेशनको पहिलो नम्वरमै आउँछ । यो रेलवे स्टेशनका बारेमा सन् १९६९ मा सुरु भएको एक अफवाहपछि त्यहाँ मानिसहरुको आवागमन बन्द भयो । उक्त रेलवे स्टेशनमा कुनैपनि रेलवे कर्मचारी खटिएर जान नमानेपछि रेलवे कार्यालयले उक्त स्टेशन बन्द गर्न बाध्य भयो । 

सोही भुताहा रेलवे स्टेशन नजिकैको बारतेला गाउँ अहिले चर्चाको केन्द्रमा छ । उक्त गाउमा केही दिनदेखि अनौठो घटना भैरहेको छ जसका कारण गाउँलेहरु आश्चर्यचकित मात्र होइन त्रसित पनि छन् । उक्त गाउँमा गत २५ डिसेम्बर यता झण्डै ६०।६५ पटक आगलागी भैसकेको छ । गाउँमा अचानक सुरु हुने आगो कहाँबाट लागेको हो भन्ने बारेमा गाउँलेहरुले नै पत्तो पाउन सकेका छैनन् । 

प्रहरीले गाउँमा दिनहुँ हुने आगलागीको कारण खोज्ने प्रयासमा गरिरहेको छ । हरेक दिन दुइ तिनवटा घरमा आगो लाग्न थालेपछि गाउँलेहरु डरले थुरुथुर भएका छन् । कतिपयले कतै भुतले नै आगो लगाइदिएको पो हो की भन्ने आशंका समेत गर्छन् । तर कतिपयले भने आगलागीको वैज्ञानिक कारणको खोजी गरिरहेका छन् । आगलागीका धेरैजसो घटना तलाउ आसपासका घरमा हुने गरेका छन् । त्यसकाण पानीको तलाउबाट उत्पन्न हुने कुनै प्रज्वलनशील ग्यासका कारण पटक पटक गाउँमा आगो लागेको हुनसक्ने आशंका समेत कतिपयले गरेका छन् । 
-एजेन्सी 

Labels: Articles, BreakingNews, Entertainment, international news, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State